पी सी एन
बर्दिया,२५ जेठ । ०२८ सालदेखि कृष्णसार संरक्षण क्षेत्रभित्र बसोबास गर्दै आएका कृष्णसार संरक्षण क्षेत्रका बासिन्दाले बस्ती व्यवस्थापन गरि आफुहरुको समस्या समाधानमा पहल गर्ने उम्मेदवारलाई जेठ १४गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्ने बताएका छन् ।
कृष्णसार संरक्षण क्षेत्रभित्र भोट माग्न आउने उम्मेदवारसँग बस्ती व्यवस्थापन र कृष्णसार संरक्षण क्षेत्र विकासबारेमा के एजेन्डा छन् भनेर उनीहरूले प्रश्न गर्ने गरेका छन् । ‘संरक्षण क्षेत्रभित्रको बस्ती व्यवस्थानको प्रतिबद्धता जनाउनेलाई मात्रै भोट दिन्छौँ,’ गुलरिया नगरपालिका–२ का विकास रानाले भने, ‘बस्ती व्यवस्थापनको स्पष्ट धारणासहित लिखित प्रतिबद्धता जनाएपछि मतदान गर्छौं ।’
स्थानीय निर्वाचन नहुँदा वर्षौंदेखि पीडित बन्नुपरेको उनीहरूको गुनासो छ । गुलरिया नगरपालिका–२ का योगेन्द्र पाण्डेले स्थानीय सरकार र राजनीतिक दलले चासो नदिँदा करिब चालीस वर्षदेखि आफुहरु पीडित भएर बसेको बताउदै स्थानीय बासिन्दा योगेन्द्र पाण्डेले भने जसले हाम्रो समस्या समाधान गर्ने प्रष्ट प्रतिबद्धता विश्वास दिलाउछ त्यसैलाई आफनो मत दिने बताउनु भयो । सरकारले चासो नलिँदा एकातिर हामीहरु पीडित भइरहेका छौँ, अर्कोतिर कृष्णसार क्षेत्र नै संकटमा पर्दै गइरहेको छ उनले भने ः कृष्णसार संरक्षण क्षेत्र व्यवस्थित गर्न नसक्नुको मुख्य कारण संरक्षण क्षेत्रभित्रको बस्ती व्यवस्थापन हुन नसक्नु पनि हो ।
कृष्णसार संरक्षण क्षेत्र पीडितसँग दलका उम्मेदवारहरू भोट माग्न आए पनि लिखित प्रतिबद्धता भने कसैले जनाएका छैनन् । संरक्षण क्षेत्रवासीहरू राजनीतिक दलको प्रतिबद्धताको पर्खाइमा छन् ।
कृष्णसार संरक्षण क्षेत्रका प्रमुख पुरुषोत्तम न्यौपानले संरक्षण क्षेत्रभित्रको बस्ती नहुदासम्म संरक्षण क्षेत्रको विकास हुन नसक्ने बताउदै बस्ती व्यवस्थापनका लागि ६० लाख रुपैयाँ बजेट आए पनि मन्त्रिपरिषद्बाट बस्ती व्यवस्थापनका लागि निर्णय नहुँदा बजेट फ्रिज भएको बताउनु भयो ।
सामाजिक अभियन्ता एंव स्थानीय तहको निर्वाचनका लागि गुलरिया नगरपालिकाका मेयर पदका उम्मेदवार बनेका अनुप यादवले गुलरिया राष्टिय अन्र्तराष्टिय तहमा कृष्णसारले पहिचान दिलाएको बताउदै आफु मेयर बनेपनि नबनेपनि कृष्णसार संरक्षण क्षेत्र र त्यहको वासिन्दाहरुको वैज्ञानिक व्यवस्थापन गर्न स्थानीय,प्रदेश र केन्द्र सरकारसंग पहल गर्ने बताउनु भयो ।
उंहाले कृष्णसार संरक्षण क्षेत्रका र गुलरिया नगररका भुमिहिन तथा सुकुम्वासीहरुलाई जग्गाधनी पुर्जा दिलाई उंहाहरुको बस्तीलाई नमुना बस्ती बनाउने र स्वदेशी तथा विदेशी पर्यटक भित्रयाउने आफुहरुको प्रष्ट एजेण्डा र नीति रहेको बताउनु भयो ।
कृष्णसार संरक्षण क्षेत्रभित्र ९३ परिवार ऐलानी जग्गामा बसोबास गर्छन् भने ४९ परिवार सुकुमबासी छन् । यसबाहेक करिब एघार बिघा क्षेत्रफल नम्बरी जग्गा रहेको छ ।
Comments
Post a Comment