हावाहुरी र पानीले बर्दियामा संयौ घरमा क्षति




पी सी एन
बर्दिया,२३ जेठ सोमवार बेलुका साढे सात बजे आएको हावाहुरी पानीले बर्दियामा संयौ घरमा क्षति पुगेको भने बिधुत सेवा पनि अवरुद्ध हुन पुगको छ।
हावाहुरीले बिधुतको पोल तारमाथि रुखहरु ढल्नाले पोल तथा तारमा क्षति पुगेपछि गएरातीदेखि बिधुत सेवा अवरुद्ध हुन  पुगेको हो।
हावाहुरीले कोहलपुर प्रसारण लाईन ग्रामीण क्षेत्रमा पनि नोक्सान गरेको दिनभरी मर्मत गरि सांझ सम्म वा मंगलबार दिउसोसम्म बिधुत सेवा संचालनमा ल्याईने नेपाल बिधुत प्राधिकरण गुलरिया बितरण केन्द्रले जनाएको
पानी सहित आएको हावाहुरीले घरको  छानो उडाउनुका साथै घरको भितm समेत भत्काएपछि यौं सर्वसधारणहरुविस्थापति भई अरुको घरमा आश्रय लिएर बसेका छन भने घरमा संचित गरि राखेको खाधान्न भिजेर क्षति पुगेको
हावाहुरीले घरको छानो भितm उडाएपछि गुलरिया नगरपालिका वडा नं २का टेकबहादुर बि ,गुलरिया टपरा टोलका करबबिर घर्ती मगर,लक्ष्मी थापा,बृजमोहन लोध ,मैनाज बानु पठान ,गोब्रे लामा ,रामकुमारी थापा,शिवरानी रैदास,बाबुलाल धोबी त्रिपाल मुनी अस्थाई टहरा बनाएर बसिरहेका छन् मधुवन नगरपालिकाका बिभिन्न स्थानमा हावाहुरीले रुख ढलेर बाटो अवरुद्ध भएपछि स्थानीयको पहलमा रुखहर पन्छाइ बाटो खुलाउने कमम भईरहेको नेपाली कांग्रेसका जिल्ला सदस्य स्थानीय मेकबहादुर गुरुंगले बताउनु भयो
हावाहुरीले मधुवन नगरपालिका वडा नं खातामा पनि १० घरको छानो उडाएर क्षति पुरयाएको

हावाहुरीका कारण घर भत्किएपछि बिस्थापति भई बसेका महिला तथा बालबालिकाहरु मध्ये धेरैले त्रिपालुमनी  केहीले छिमेकीको घर गोठमा कष्टकर रात गुजारेको स्थानीय नारायण गुरुंगले बताउनु भयो
क्षतिको पुर्ण विवरण पतm लगाउन आवश्यक उद्धार गर्न गांउगांउमा प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापाले जानकारी दिनुभयो

Comments