गुलरिया मेयरमा सबैभन्दा कान्छा उम्मेदवार अनुपको लोकप्रियता बढ्यो


पी सी एन

बर्दिया, ९असार । बर्दिया जिल्लाभरी रहेको आठ वटा स्थानीय तहमा रहेका चुनावी मैदानमा रहेका ५९ जना मेयर तथा अध्यक्ष मध्ये सबैभन्दा कान्छा उम्मेदवार अनुप यादवको लोकप्रियताको तहल्का दिन प्रतिदिन बढ्दै छ । १२ वडा र ३४हजार मतदाता रहेको गुलरिया नगरपालिकामा उनको प्रभाव दिन प्रतिदिन बढिरहेकोले उनी जितको नजिक पुगिरहेको स्थानीयको भनाई छ । 

योग्य,सक्षम,सरल र जनतामाझ लोकप्रिय युवा उम्मेदवार अनुप यादवले चुनाव जित्ने कुरामा आफु ढुक्क रहेको नंयाशतिmका जिल्ला संयोजक केशव पौडेलले बताए ।

संघीय समाजवादी फोरम र नयाँ शक्तिको चुनाव चिन्ह हातले समातेको मसाल भन्दा  पनि सामाजिक सद्भावको झन्डा बोकेर मैदानमा खटिएका यादव युवा,बृद्ध ,महिला सबै मतदाता माझ लोकप्रिय बन्दै छन् ।


गुलरियाको सामाजिक आन्दोलन मार्फत गुलरिया नगरपालिकाको कर घटाउन अहम् भूमिका खेलेका यादव  चुनाव प्रसार–प्रसारको दौडधूपमै छन् ।

२०४७ साल फागुन १०गते गुलरिया नगरपालिका वडा नं ७ गुलरिया गांउमा जन्मी स्नातक अध्ययन गरिरहेका यादवले सामाजिक जागरण र रचनात्मक काम मार्फत नगरवासी माझ राम्रो पकड बनाएर लोकप्रियता हासिल गरेका छन् ।

प्रजातान्त्रिक बिचारधारा बोकेका यादवको नेपाल तथा भारतका उच्च राजनैतिक नेतृत्वसंग राम्रो सम्बन्ध कायम गरेका यादव गुलरिया जागरण अभियान संचालन गरेर नगरपालिकाको कर घटाएर जनता माझ राम्रो पकड बनाएका छन् ।

भारत सरकारसंग कुरा गरि मुर्तीहाबाट चारपांग्रे निजी सवारीसाधन आवतजावतको व्यवस्था मिलाएका सामाजिक अभियन्ता यादवले  आफु मेयर भएमा गुलरिया नगरपालिकाले रजनवा वा मुर्तिहामा भन्सार नाका खोलाई उधोगधन्दा ब्यापार व्यवसायको बिस्तार गरि युवाहरुलाई रोजगारी सृजना गराउने ,बबई नदी कटान नियन्त्रण गर्ने ,किसानहरुका लागि बाह्रै महिना सिचाईको ब्यवस्था गर्ने ,भुमिहिन सुकुम्वासीहरुको बसोबासको समस्याको स्थाई समाधान गरि सुकुम्वासी बिहीन नगरपालिका बनाउने र कृष्णसार संरक्षण क्षेत्रको बैज्ञानिक व्यवस्थापनद्धारा स्वदेशी तथा विदेशी पर्यटक भित्रयाउने कार्यलाई बिशेष प्राथमिकता दिने बताउछन् ।

उनले गुलरियाका मधेशी,थारु,बाहुन क्षेत्री र मुसलमानहरु बीचको बर्षोदेखिको सामाजिक सदभाव र हार्दिक सम्बन्धलाई अझ प्रगाढ बनाई सबै जातको सकारात्मक सोच, क्षमता र शतिmलाई गुलरिया नगरपालिकाको सर्वागिंण विकासमा अधिकतम उपयोग गर्ने सोचका साथ २७ बर्षको  कलिलो उमेरमा आफु मेयर पदमा उम्मेदवारी दिएर  राजनीतिमा होमिएको बताए । 

आफु मेयर भएपनि नभएपनि राजनैतिक र सामाजिक गतिविधी मार्फत गुलरियामा पिल्सिएर बसेका मधेशी,थारु,बाहुन क्षेत्री ,दलितहरुको सम्पुर्ण रुपले सशतmीकरणका लागि कार्य गर्ने प्रष्ट पारे। गांउगांउमा नुक्कड सभा आयोजना गरि राजनैतिक एंव सामाजिक विषयमा युवाहरुलाई प्रशिक्षित गरेका मेयर पदका उम्मेदवार यादव आफु मेयर जितेर पांच बर्षमा गुलरिया नगरपालिकालाई समृद्धशाली र नमुना नगरपालिकामा रुपमा रुपान्तरण गर्ने प्रष्ट पारे 


Comments