पत्रकार युवराज श्रेष्ठ कंग्रेसबाट वडा सदस्यमा निर्वाचित

पी सी एन्
बर्दिया,१६ असार। बर्दियाका होनहार पत्रकार नेपाल पत्रकार महासंघ केन्द्रिय सभासद र जिल्लाशाखाका पुर्व अध्यक्ष एंव नेपाल प्रेस युनियनका  केन्द्रिय उपाध्यक्ष युवराज श्रेष्ठ गुलरिया नगरपालिका वडा नं ५बाट वडा सदस्यमा निर्वाचित हुनुभएको छ ।
लामो समयदेखि पत्रकारिता र खेलकुद क्षेत्रमा विशेष योगदान पुरयाउदै आउनु भएका श्रेष्ठको नगर सदस्यमा भएको जितले जिल्लाकै पत्रकारहरु निकै उत्साहित र आशावादी बनेका छन्।
नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धिताल,प्रेस क्लब अफ नेपालका अध्यक्ष यम घिमिरे,नेपाल प्रेस युनियनका अध्यक्ष बिनयराज भण्डारी लगायतले गुलरिया नगरपालिका वडा नं५को वडा सदस्यमा विजयी हुने श्रेष्ठलाई हार्दिक बधार्य दिदै उंहाको कार्यकालमा वडावासीहरु र सिंगो पत्रकार र खेलप्रेमीहरुको समग्र विकास हुने अपेक्षा राखेका छन्।


Comments