Skip to main content
स्वतन्त्र मधेश गठबन्धनका केन्द्रिय प्रवतmा अब्दुल खान पक्राउ
पी सी एन
बर्दिया,३असार । सिके राउतको स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय प्रवक्तालाई प्रहरीले मध्यरातमा पक्राउ गरेको छ। गुलरिया नगरपालिका वडा नं ११ औरीपुरस्थित घरबाट शुक्रवार राति करिब ११ बजेतिर प्रवतmा खानलाई प्रहरीले पक्राउ गरेको हो।
राती गाउले सुतिरहेको बेलामा गाउ पसेको प्रहरीले स्थानीयलाई कुटपिट र महिलाहरुलाई गाली गलौच गरेको गाउलेको आरोप छ। प्रहरीको कुटाईबाट घाईते भएकाहरुलाई गाउलेले स्थानीय स्वास्थ्य संस्थामा उपचार गराई घर फर्काएका छन् ।
बर्दियाका प्रहरी उपरीक्षक भरत बोहराले गोप्य सुचनाका आधारमा खानलाई पक्राउ गर्न पुगेका स्थानीयले अवरोध गरेपछि आफुहरुले समान्य बल प्रयोग गरेको बताएका छन् । पक्राउ परेका खानलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
Comments
Post a Comment