द्वन्दपीडित र बेपतmाहरुको संझनामा गुलरियामा बनाईने शान्ति स्मारक पार्कको शिलन्यास

पी सी एन
बर्दिया,२८जेठ । बर्दियामा द्वन्दपीडित र बेपतmाहरुको संझनामा निर्माण शान्ति स्मारक पार्क बनाईने भएको छ । गुलरिया नगरपालिका वडा नम्बर ४ स्थित कोटही मन्दिर परिसरमा निर्माण गर्न लागिएको पार्कको प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले जगमा पुजा अर्चना गरि शिलन्यास गर्नुभएको हो।
क्रमागत योजना अन्र्तगत यस बर्ष र्पाक निर्माणका लागि शान्ति तथा पुर्न निर्माण मन्त्रालयबाट ३लाख ५० हजार र  हरप्लेसबाट  १लाख ७५ हजार गरि जम्मा ५लाख २५हजार रुपिया प्राप्त भएको स्थानीय शान्ति समितिका सदस्य सचिव उमेश यादवले बताउनु भयो । 
समितिले पार्क निर्माणका लागि १करोड मांग गरेकोमा शान्ति तथा पुर्ननिर्माण मन्त्रालयले ३०लाखको बजेट प्रदान गर्ने स्वीकृति जनाएपनि यो वर्ष ३लाख ५०हजार मात्र प्राप्त भएको र सोही रकमबाट पार्क निर्माण को कार्य शुरु गरिएको स्थानीय शान्ति समितिका संयोजक  कृष्ण यादवले भन्नुभयो ।
शिलन्यास कार्यक्रममा पत्रकार महासंघका प्रदेश सभासद एंव प्रेस क्लबका अध्यक्ष यम  घिमिरे,महासंघका कोषाध्यक्ष दिपक शर्मा माओवादी केन्द्रका जिल्ला सदस्य लक्ष्मी शर्मा,राजपाका केन्द्रिय सदस्य केशव यादव,सशस्त्र प्रहरी उपरीक्षक जीवनबहादुर भण्डारी, कंग्रेस नेता बीरबहादुर रोकाय लगायतको उपस्थिति थियो।
१०बर्षे सशस्त्र आन्दोलनका क्रममा बर्दियामा २सय ७३जना बेपतmा भएको र ३सय ३९जना मारिएको सरकारी तथ्यांकमा उल्लेख छ ।

Comments