संघीय समाजवादी र नंया शतिmबाट २७ बर्षीय युवक अनुप यादवले उम्मेदवारी दर्ता गराए


पी सी एन 
बर्दिया ,४ असार । जिल्ला अदालत कार्यालय परिसरभित्र रहेको निर्वाचन अधिकृत कार्यालयमा गुलरिया नगरपालिकाको बिभिन्न पदमा शान्तिपुर्ण रुपमा उम्मेदवारी दर्ता कार्य जारि रहेको छ।
गुलरिया नगरपालिकाको मेयर पदका लागि गुलरिया ५का अयोध्या प्रसाद श्रीवास्तवले पहिलो नम्बरमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन्। ६३ बर्षका श्रीवास्तवको प्रस्तावकमा सोनु सिंह र सर्मथकमा मुकुन्द घिमिरे रहेका छन्।
गुलरिया १२ का निजामुद्धीन शेषले नेपाल लोकतान्त्रिक फोरमबाट उम्मेदवारी दर्ता गराएका छन् ।  ५०बर्षीय शेषले दोस्रो नम्बरमा उम्मेदवारी दर्ता गराएका हुन। प्रस्तावकमा सहबुद्धी शेष र सर्मथकमा काशीराम चौधरी रहेका छन् ।
गुलरिया ५का ५४ बर्षीय रुद्र पुरीले तेस्रो नम्बरमा राष्ट्रिय जनमोर्चाका तर्फबाट मेयर पदमा उम्मेदवार गराएका छन् । 
गुलरिया ३का ३९ बर्षीय नेपाली कांग्रेसका क्षेत्रिय सभापति समेत रहेका मुतिmनाथ यादवले चौथौ नम्बरमा कंग्रेसबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन। उनको प्रस्तावकमा कंग्रेसका जिल्ला सभापति एंव सांसद सञ्जयकुमार गौतम र समर्थकमा महासमिति सदस्य बिजयदतm देवकोटा रहनु भएको छ ।
गुलरिया ४का  ५३ बर्षीय बालकृष्ण खनालले राष्टिय जनमुक्ती पार्टीबाट पांचौ नम्बरमा उम्मेदवारी दर्ता गराएका छन्। 
मेयर पदमै एमालेका जिल्ला अध्यक्ष एंव पुर्व उपमेर हरि ज्ञवालीले छैठौ नम्बरमा उम्मेदवारी दर्ता गराएका छन्। गुलरिया ५का ५६ बर्षीय  ज्ञवालीले कृष्ण खनाललाई प्रस्तावक र अमरबहादुर खडकालाई सर्मथक राखि उम्मेदवारी दर्ता गराएका हुन । 
संघीय समाजवादी फोरम र नंया शतिmबाट गुलरिया ७ का २७ बर्षीय युवक अनुप यादवले सातौ नम्बरमा मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनी सबभन्दा कम उमेरको मेयर पदको उम्मेदवार भएका छन् । उनको प्रस्तावकमा बिमलप्रकाश यादव र सर्मथकमा नारायण गुरुंग रहेका छन् ।
राष्टिय प्रजातन्त्र पार्टीका तर्फबाट गुलरिया १०का ४५बर्षीय मनोजकुमार बर्माले भीम बहादुर बोहरा प्रस्तावक र मेघनाथ अधिकारी सर्मथक राखेर आठौ नम्बरमा उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै उपमेयरमा वडा नं ७ का ४४ बर्षीय मेराज अहमद सिद्धकीले पहिलो नम्बरमा  र वडा नं २का ३६बर्षीय हरिनारायण बस्नेतले दोस्रो नम्बरमा स्वतन्त्र रुपले र गुलरिया ८ की३७ बर्षीया शंखीकुमारी चौधरीले नेपाल लोकतान्त्रिक फोरमबाट तेस्रो नम्बरमा , गुलरिया ५की ४२बर्षीय लक्ष्मी पुरीले चौथो नम्बरमा राष्टिय जनमोर्चाबाट, गुलरिया ४की ४५ बर्षीय सुशीला गिरीले नेपाली कंग्रेसबाट पाचौं नम्बरमा,गुलरिया ४की ५३ बर्षीय बधुरी लोधले  छैठौ नम्बरमा ,गुलरिया २ की ४९ बर्षीय टिका शमशेलीले  एमालेबाट छैठौ नम्बरमा र गुलरिया ६की ५१ बर्षीय प्रभा के सीले सातौ नम्बरमा उपमेयर पदमा उम्मेदवारी दर्ता गराएकी छिन् । वडा अध्यक्ष र वडा सदस्यहरुले उम्मेदवारी दर्ता क्रम जारि रहेको छ ।
जिल्लाभरीमा उम्मेदवारी दर्ता शान्तसंग भईरहेको छ ।

Comments