Skip to main content
जनता माझ राम्रो पकड बनाएका युवा सामाजिक अभियन्ता अनुप यादवलाई नंया शतिm नेपाल र संघीय समाजवादी फोरम नेपालले गुलरियाको मेयर पदमा उम्मेदवार बनाउने निर्णय ग–यो
पी सी
एन
बर्दिया,२२जेठ। गुलरिया जागरण
अभियान संचालन गरेर नगरपालिकाको
कर घटाएका, जनता
माझ राम्रो पकड
बनाएका ,लोकप्रिय ,सुशासन ,सामाजिक
सदभाव र विकासका
पक्षपाति गुलरिया ७ गुलरिया
गांउ निवासी २६
बर्षीय युवा सामाजिक
अभियन्ता अनुप यादवलाई
नंया शतिm नेपाल
र संघीय समाजवादी
फोरम नेपालले गुलरियाको
मेयर प्रमुख पदमा
उम्मेदवार बनाउने निर्णय गरेको
छ। यो निर्णयसंगै
यादव बर्दियामा संभवत
सबैभन्दा कान्छो मेयर पदका
उम्मेदवार हुनुहुने छ ।
पब्लिकमा राम्रो पकड बनाएका,नंया जोश
जागर बोकेका ,पार्टी
संगठन राम्रो गरेका
डायनामिक युवालाई जनचाहना बमोजम
हामीले उम्मेदवार छनौट गरेका
छौ सबै मिलेर
उंहालाई मेयर पदमा
जिताऔं ःउम्मदवार छनौट समितीका
संयोजक कृष्ण यादवले भन्नुभयो
।
पार्टीबाट आधिकारिक रुपमा गुलरिया
नगरपालिकाको उम्मेदवारमा छनौट भएका
यादवले पार्टीले आफुलाई दिएको
जिम्मेवारीले जनतामाझ अझ सशतm
र प्रभावकारी रुपले
काम गर्ने जोश
जांगर बढाएको बताउनु
भयो ।
सदरमुकाम भएर पनि
गुलरिया नगर र
यंहाका नगरवासीहरुलाई शिक्षा,स्वास्थ्य,यातायात,जनजीविका लगायत हरेक
हिसाबले पछाडि पारिएको छ
म मेयर भएपछि
गुलरियाको बृहतर विकास गर्नेछुःमेयर
पदमा छनौटमा पर्नुभएका
यादवले भन्नुभयो। म मेयर
भएमा रजनवा वा
मुर्तिहामा भन्सार नाका खोलाउने,
बबई नदी कटान
नियन्त्रण गर्ने , भुमिहिन सुकुम्वासीलाई
पुर्जा प्रदान गरि उनीहरुको
समस्या समाधान गरि सुकुम्वासी
बिहीन नगरपालिका बनाउने
र कृष्णसार संरक्षण
क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्र
बनाउने लगायतका विकासका सवाललाई
विशेष प्राथमिकता दिने
प्रतिबद्धता ब्यतm गर्दछु। यादवले
आफु मेयर भएमा
गुलरिया नगरपालिका भित्र रुपैडिया
जुमनहा जस्तै थप भन्सार
नाका खोलाउने प्रतिबद्धता
ब्यतm गर्दे स्वदेशी
तथा विदेशी लगानी
कर्ताहरुलाई गुलरिया नगरपालिकामा ठुला
ठुला उधोग कलकारखाना
खोल्न आग्रह समेत
गर्नुभएको छ ।
लगानीको उपयुतm वातावरण बनाउने
बताउदै उंहाले गुलरिया छाडि अन्यत्र
पलायन नहुन ब्यवसायी
तथा उधोगीहरुमा अपिल
गर्नु भयो ।
आफु नगरप्रमुख भएमा
मधेशी,थारु,बाहुन
क्षेत्री र मुसलमानहरु
बीचको बर्षोदेखिको सामाजिक
सदभाव र हार्दिक
सम्बन्धलाई अझ प्रगाढ
बनाई सबै जातको
सकारात्मक सोच, क्षमता
र शतिmलाई
गुलरिया नगरपालिकाको सर्वागिंण विकासमा
अधिकतम उपयोग गर्ने बताउदै
उंहाले सामाजिक सद्भाव,सुशासन,पारदर्शीता,सामुहिक उतरदायित्व
कायम गरि पिल्सिएर
बसेका मधेशी,थारु,बाहुन क्षेत्री ,दलितहरुको
आर्थिक,सामाजिक र राजनैतिक
सशतmीकरण गर्ने
प्रष्ट पार्नुभयो ।
विकासको सम्पुर्ण फल र
सेवा सुविधा नपाए
पनि नगरवासीले अत्याधिक
कर तिर्नुपरेको तितो
यर्थाथ आफुले बुझेको बताउदै
उंहाले सो समस्या
समाधानमा आफनो विशेष ध्यान
जाने बताउनु भयो
।
गांउगांउमा नुक्कड सभा आयोजना
गरि राजनैतिक एंव
सामाजिक विषयमा युवाहरुलाई प्रशिक्षित
गर्नु भएका यादवले
फरक फरक धारमा
रहेका मधेशी र
अन्य समुदायलाई संवाद
मार्फत एकजूट गराई गुलरिया
नगरपालिका र नगरवासीलाई
समृद्धशाली नगरपालिकाको रुपमा रुपान्तरण
गर्ने बताउनु भयो।
यादवले केही समय
अघि भारतका गृहमन्त्री
राजनाथ सिंह संग
भेटवार्ता गरि गुलरियासंग
सीमा जोडिएको भारतको
मुर्तिहा नाकाबाट निजी चारपांग्रे
सवारी साधन आवागमन
गर्ने विशेष व्यवस्था
समेत मिलाउनु भएको थियो
।
Comments
Post a Comment