सन् २०२० भित्र बर्दियालाई नेपालको पुर्ण सरसफाईयुतm जिल्ला बनाउन सबैको भुमिका महत्वपुर्ण रहेको प्रमुख दिलीप कुमारको भनाई

पी सी एन

बर्दिया,२४ जेठ। जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव एंव खानेपानी तथा सरसफाई सब डिभीजन कार्यालय बर्दियाका प्रमुख दिलीप कुमारले स्वास्थ्य,प्रतिष्ठा र विकासंसंग गांसिएको सरसरफाईको विषयलाई ब्यतिm, सरकारी गैर सरकारी निकाय र राजनैतिक दल सबैले उच्च प्राथमिकता दिई सन् २०२० भित्र बर्दियालाई नेपालको पुर्ण सरसफाईयुतm जिल्ला बनाउनु पर्ने बताउनु भएको छ।

 अठारौ राष्ट्रिय सरसफाई सप्ताह अन्र्तगत बुधबार फुलबारी एफ एम को समन्वयमा आयोजना जिल्ला खानेपानी सरसफाई समन्वय समितिले आयोजना गरेको टक शो कार्यक्रममा बोल्दै सदस्य सचिव कुमारले २०७२ साल जेठ २९गते खुलादिशामुतm जिल्ला घोषणा गरि सरसफाईको क्षेत्रमा एक खुडकिलो पार गरिएको  अब पुर्ण सरसफाईको लागि ५बर्षे पुर्ण सरसफाई रणनीतिक योजना तैयार पारिएकोले त्यसलाई कार्यान्वयन गर्नु गराउनु सर्वपक्षीय दायित्व एंव जिम्मेवारी रहेको प्रष्ट पार्नुभयो ।

२२औं जिल्ला परिषद्बाट २०७२साल फागुन १७गते सो रणनीतिक योजना पारित गरिएको स्मरण गर्दे उंहाले रणनीतिक योजना बमोजिम सरोकारवाला निकायले काम गरेर पुर्ण सरसफाईको अभियानमा पनि जिल्लालाई अग्रणी स्थानमा उभ्याउनु पर्ने बताउनु भयो।

बर्दिया नागरि समाज सञ्जालका संयोजक बालकृष्ण वलीले स्थानीय बासिन्दाको स्वस्थ जीवन र प्रतिष्ठाका लागि पुर्ण सरसफाई युतm जिल्ला बनाउने समन्वय समितिले तैयार पारेको पुर्ण सरसरफाई रणनीतिक योजनलाई पुर्ण रुपमा पालना गर्न आम नागरिकहरुलाई आग्रह  गर्नुभयो। उंहाले जिल्लालाई पुर्ण सरसफाईयुतm जिल्ला बनाउने कार्यमा आफुले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यतm गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका प्रदेश सभासद एंव प्रेस क्लब अफ नेपालका अध्यक्ष यम घिमिरेले जिल्लालाई पुर्ण सरसफाईयुक्त जिल्ला बनाउने योजना सहितको पुर्ण सरसफाई रणनीतिक योजना २०७२÷७३ – ०७६÷७७ लाई प्रचार प्रसार गरि कार्यान्वयन गर्न गराउन जिल्लाका संचारमाध्यम र संचारकर्मीहरुको पनि महत्वपुर्ण भुमिका बताउनु भयो ।् उंहाले सरसफाईको षेत्रमा हासिल भएका उपलब्धिहरुको बारेमा र यसका चुनैति समाधानमा सरोकारवालाले खेल्नुपर्ने भुमिकाका विषयमा मिडियालाई संचार वकालत गरिरहेने प्रतिबद्धता ब्यतm गर्नुभयो।

महिला अधिकारकर्मी एंव  दलित महलिा संघ बर्दियाकी अध्यक्ष हिमा सुनारले सरसफाई क्षेत्रमा पुरुषले भन्दा महिलाले खेलेको भुमिका महत्वपुर्ण रहेको बताउदै जिल्लालाई पुर्ण सरसफाई युतm जिल्ला बनाउन महिलाहरुको पनि साथ ,सर्मथन र सहयोग रहने  प्रष्ट पार्नुभयो।

सो कार्यक्रमको सहजीकरण फुलबार एफ एम का प्रमुख दिपक शर्माले गर्नु भएको थियो।

अठारौ राष्ट्रिय सरसफाई सप्ताह अन्र्तगत जेठ २३गते जिल्लास्थित सरकारी कार्यालयहरुले आ आफनो कार्यालय हाताभित्र सरसफाई गरि फोहर व्यवस्थापन एंव बृक्षारोपण कार्य सम्पन्न गरेका छन् ।

सरसफाई सप्ताह अन्र्तगत २५देखि २७गते सम्म आ आफनो घर आंगन टोल सफा गर्ने ,२७गते सरसफाई सिटी केबुलबाट सरसफाई सम्बन्धि सन्देश दिने मह जोडिको भिडियो प्रसारण गर्ने र २८गते खैरापुरस्थित सार्वजनिक शौचालयको उद्घाटन गर्ने र सरसफाईमा योगदान पुरयाउने टोपबहादुर खत्री र मेघनाथ अधिकारीलाई सम्मान गरि सप्ताहब्यापी कार्यक्रम समापन  गरिने  छ ।


Comments