बर्दिया ,१७ असार । शनिवार दिउसो २बजेको परिणाम अनुसार गुलरिया नगरपालिकाको मेयर तथा उपमेयरमा कांग्रेसले अग्रता लिएको छ ।मेयरमा कंग्रेसका मुक्तीनाथ यादवले ५५९९ र उपमेयरमा कंग्रेसकै सुशीला गिरीले ५९०५ मत प्राप्त गरि अग्रता लिएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिनुभयो ।एमालेका मेयरका उम्मेदवार हरि ज्ञवालीले ५४२१ र उपमेयरकी उम्मेदवार टिका शमशेलीले ५४१७ मत र माओवादी मेयरका उम्मेदवार गेहेन्द्र ढकालले ४५८२ र उपमेयर मोहनकुमारी फुयालले ४०२३ मत प्राप्त गरेकी छिन् ।फोरम लोकतान्त्रिकका निजामुदीन शेषले मेयरमा २०९७,राप्रपाका मनोज बर्माले १४५५ र संघीय समाजवादी फोरमका अनुप यादवले १०१० मत ल्याएका छन् ।गुलरियाको १,२ र ४ नम्बर वडामा ने क पा एमाले बिजयी भएको छ भने ३,५,६ नम्बर वडा कांग्रेसले र ७ नम्बर वडा राप्रपाले जितको छ । ११ र १२ नम्बर वडा माओवादी केन्द्रले जितेको छ । अहिले ८,९ र १० नम्बर वडाको मत गणना भईरहेको मुख्य निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो।
बर्दियाको मधुवन नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्दका उम्मेदवारले अग्रता लिइरहेका छन्।पछिल्लो मतपरिणामअनुसार माओावादी माओवादी केन्द्रका मेयर पदका उम्मेदवार गणेश के सीले ४५४० र उपमेयर शुभरानी थारुले ४३९२ मत ल्याउदा कंग्रेसका मेयर उम्मेदवार जग्गाप्रसाद पाण्डेले ३७१८ र उपमेयर तुलसी पुनले ३४४२ मत पाएका छिन्।एमालेका मेयर उम्मेदवार दुर्गा वलीले २५६६ र उपमेयरले २५५४ मत पाएका छन्
ठाकुरबाबा नगरपालिकामा ३६४७ मत ल्याई एमालेका घननारायण श्रेष्ठले मेयर पदमा र ३४९९४ मत ल्याई माओवादीकी कृष्णकुश्मा थारुले उपमेयरमा अग्रता लिएकी छिन । उनीहरुलाई मेयरमा माओवादी केन्द्रका नेत्रराज आर्चायले ३४९६ मत ल्याई र उपमेयरमा बिना भटराईले ३७७४ मत ल्याई पछाई रहेकी छिन् ।कंग्रेसका मेयरका उम्मेदवार मक्कुराम थारुले १९८७ र उपमेयर लिला भाटले २०७२ मत प्राप्त गरेकी छिन् ।
राजापुरमा कंग्रेस र माओवादी बीच कडा प्रतिस्पधा देखिएको छ । यस अघिको मतगणनामा लगातार कंग्रेसले लिड गरेको राजापुरमा शनिवार दिउसो १२ बजेको मतपरिणाम माओावदीले लिड गर्न शुरु गरेको छ ।माओवादी केन्द्रका उम्मेदवार शिवप्रसाद थारुले २९६४ र कंग्रसका दिपकजंग शाहले २९४५ मत प्राप्त गरेका छन् ।उपमेयरमा माओवादी केन्द्रकी मनकला चौधरीले २८७८ं र कंग्रेसकी तारा चौधरीले २८२२ मत प्राप्त गरेकी छिन । एमालेका मेयर उम्मेदवार पहारी चौधरीले १०९८ र उपमेयर कृष्णी थारुले ११७१ मत प्राप्त गरेकी छिन् ।हालसम्म ३वटा वडाको मतगणना भईसकेको राजापुरमा २ टा वडा कांग्रेसले र एउटा वडा माओवादीले जितेको छ ।
नेपाली कांग्रेसबाट वडा नं १खुशीराम चौधरी र ३मा विष्णु खनाल तथा वडा नं २मा माओवादी केन्द्रका उम्मेदवारले वडा अध्यक्षमा जितेका छन्।
Comments
Post a Comment