जलवायु परिवर्तन सहयोग कार्यक्रमबाट बर्दियामा ५१हजार बासिन्दा लाभान्वित

पी सी एन

बर्दिया,२६असार । नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमले हालसम्म बर्दियामा ग्रामीण क्षेत्रका ५१ हजार बासिन्दाहरुको जीवनस्तर उकास्न,बातावरणीय अवस्थामा सुधार गर्न र  जीविकोपार्जनका अवसरहरुको वृद्धि गर्न निकै सहयोग पुरयाएको  छ।स्थानीय जनताहरुको अनुकूलित हुने क्षमता अभिबृद्धिका लागि कार्यान्वयन भइरहेको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम (लापा) बर्दियामा निकै लोकप्रिय र प्रभावकारी पनि बनेको छ । आर्थिक बर्ष २०७०÷७१देखि जिल्लाका राजापुर,मधुवन,ठाकुरबाबा नगरपालिका र गेरुवा गाउपालिकाकामा संचालन गरिएको कार्यक्रमले पहिलो चरण पुरा गरि आगामी साउन १बाट दोश्रो चरणमा प्रवेश गर्देछ ।कृषि,पशु सेवा तथा खाद्य सुरक्षा,वन तथा जैविक विविधता,वैकल्पिक उर्जा, जलवायुजन्य प्रकोप व्यवस्थापन, मानवीय श्रोत, क्षमता विकास तथा जीविकोपार्जन र मानव स्वास्थ्यका क्षेत्रमा कार्यक्रम गरिरहेको नेपाल जलवायु सहयोग कार्यक्रमले स्थानीय स्तरमा दिगो तथा वातावरणमैत्री विकासका लागि सहयोग गरिरहेको जिल्ला कार्यक्रम संयोजक सुदिप आर्चायले बताए। आर्चायका अनुसार सिचाई ,जलउत्पन्न र अन्य सरकारी कार्यालय ठुला  योजना हेर्ने तर साना साना योजना नहेर्ने गरेकोमा लापा कार्यक्रमले हालसम्म १६ करोड जति बजेट खर्च गरि सानासाना विकासका अत्यावश्यक योजना कार्यान्वर्यन गरेर पिछडिएका, विपन्न तथा संकटासन्न परिवारका ५१हजार बासिन्दाहरुलाई लाभान्वित बनाएको छ ।जलवायु परिबर्तन अनुकुलन क्षमता वृद्धि गर्ने उद्देश्यले संचालित कार्यक्रमले जलवायु अनुकूलन तथा न्यूनिकरण र संकटासन्न क्षेत्रका विपन्न जनताहरुलाई प्रत्यक्ष लाभ पुग्ने गरी सोलार लिफ्ट सिँचाई, नहर कुलो निर्माण,पक्की डुड,सुधारिएको चुल्हो, उन्नत जातका राँगा तथा बोका, मौरीका घार तथा कृषि विउ जस्ता योजना कार्यान्वन गरि समुदायलाई निकै लाभ पुरयाएको छ ।योजनाको प्रत्यक्ष  अनुगमन गरेका नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र धितालले  सामुदायिक प्रकोप पीडित उद्धार घर  निर्माण,तारजाली तटबन्ध,बृक्षारोपण लगायतका क्षेत्रमा विपन्न जनताहरुलाई सहयोग गरि कार्यक्रमले जलवायु परिवर्तन र प्रकोपबाट समुदायलाई पर्ने असर कम गर्न सहयोग गरिरहेको बताए।बर्दियाका अधिकांश क्षेत्रका विपन्न जनताहरुले विकास संगसंगै वातावरण संरक्षण र दिगो विकासका लागि वातावरणमैत्री व्यवहार गर्न पनि आफुहरुलाई सचेत बनाएको भन्दै कार्यक्रमको प्रशंसा गरिरहेका छन् ।जलवायु परिवर्तन सहयोग कार्यक्रमले सिचाइँ कुलो निर्माण गरिदिएपछि खेतीपातीमा सहज भएको र अब समयमा खेती र केही उब्जनी हुने आशा जागेको मधुवन १का हरिराम थारुले बताए ।स्थानीय जनताहरु मात्र होईन स्थानीय तहका कर्मचारी पनि कार्यक्रमले विकासका लागि सकारात्मक सन्देश दिन सफल भएको धारणा राख्छन् । जिल्ला समन्वय समिति बर्दियाका प्रमुख तेजराज शर्माले जिविसमा थुप्रै कार्यक्रमहरु आउँने जाने भईरहेपनि जलवायु परिवर्तन सहयोग कार्यक्रमले हरेक क्रियाकलाप जलवायु परिवर्तन अनुकूलन र वातावरणमैत्री विकास लागि जोड्दििएको बताए। प्रकोप जोखिम व्यवस्थापन र स्थानीय जनतामा जलवायुबाट पर्ने प्रभावसंग जुध्नका लागि सचेतना, आर्थिक सशक्तिकरणका लागि वातावरण सुहाउँदो जिविकोपार्जनका क्रियाकलाप र विकासका लागि वातावरणमैत्री संरचनामा जोड दिइरहेकोले कार्यक्रम प्रभावकारी रहेको उनको धारणा छ ।


Comments