स्वास्थ्यकर्मीलाई हाई एलर्टमा राखिएको जिल्ला स्वास्थ्य प्रमुख अधिकारीको भनाई

पी सी एन

बर्दिया,२साउन । बर्दियाका जिल्ला स्वास्थ्य प्रमुख महेन्द्रध्वज अधिकारीले बर्षायाममा आउन सक्ने विपद तथा महामारीजन्य रोगका लागि मध्यनजर राख्दै जिल्लाका स्वास्थ्यकर्मीहरुलाई हाईएर्लटमा राखिएको बताउनु भएको छ ।

विपदको अवस्थामा नवजात शिशु तथा बाल स्वास्थ्यको व्यवस्थापन विषयक अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दे स्वास्थ्य प्रमुख अधिकारीले स्वास्थ्य  संस्थामा कार्यरत जिल्लाका सबै कर्मचारीहरुलाई उच्च सर्तकर्तामा राखिनुका साथै जिल्लामा पर्याप्त मात्रामा औषधी समेत स्टक राखिएको बताउनु भयो ।

यो प्रकोपको समय भएकाले स्वास्थ्यकर्मीलाई हाईएलर्टमा राखि जिल्लाका  सबै भुभाग समेटने गरि ४ठाउमा चाहिने जति औषधी राखेका छौ, त्यो भन्दा बढि आवश्यक परे क्षेत्रबाट तुरुन्त आउने प्रबन्ध समेत मिलाएका छौ ः प्रमुख अधिकारीले भन्नुभयो ।

उंहाले विपदको बेला संचारकर्मीहरुले सहि  सत्य तथ्य समाचार दिए विपतबाट हुने धनजनको क्षति रोक्न मदत पुग्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै सेभ द लिल्डेनले संचालन गरेको न्यु बोर्न हेल्थ प्रोजेक्टका कार्यक्रम संयोजक हार्दिक सापकोटाले प्रकोपको बेलामा नवजात शिशु, महिला र सीमान्कतकृत समुदायमा अझ बढि असर पर्ने देखिएकोले उनीहरुलाई प्रकोपबाट जोगाउन स्वास्थ्यकर्मी र स्वयमसेवीकाहरुको क्षमता विकास सम्बन्धि तालिमहरु संचालन गरि आवश्यक सामाग्री पनि बितरण गरिएको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धितालले बिपद तथा महामरीको बेला अझ बढि जिम्मेवार भएर सत्य तथ्य सुचना सम्प्रेषण गर्न संचारकर्मीहरुलाई आग्रह गर्दे संचारकर्मी र स्वास्थ्यका निकायहरुबीच आवधिक र नियमित रुपमा अन्तरकृया जरुरी रहेको बताउनु भयो ।

अन्तरकृया कार्यक्रममा पी सी एन्का केन्द्रिय अध्यक्ष एंव पत्रकार महासंघका प्रदेश सभासद यम घिमिरे,गैसस महासंघका अध्यक्ष बिष्णुप्रसाद तिमल्सिना,जिल्ला स्वास्थ्य कार्यालयका कृष्णगोपाल थारु लगायतले आ–आफनो धारणा राख्नुभएको थियो ।


Comments