७४४ वटै स्थानीय तहबाट मतदाता नामावली संकलन

पी सी एन
बर्दिया,३ साउन । यसअघि जिल्ला निर्वाचन कार्यालयबाट मात्रै मतदाता नामावली संकलन गर्न थालेको निर्वाचन आयोगले ७४४ वटै स्थानीय तहबाट मतदाता नामावली संकलन गर्ने व्यवस्था गर्ने भएको छ। निर्वाचन आयोगको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । राजनीतिक दल, आम जनताको चाहनाअनुसार यस्तो निर्णय गरिएको आयोगले जनाएको छ । मतदाता नामावली संकलनका लागि यसअघि साउन १५ गतेसम्मको म्याद दिइएकोमा थपेर ३० गतेसम्म पुर्याइएको छ । आयोगले साउन १ गतेदेखि १५ गतेसम्मका लागि प्रतिनिधिसभा र प्रदेशको निर्वाचनका लागि छुटेका र नयाँ मतदाताको नामावली संकलन सुरु गरिसकेको छ ।


Comments