पी सी एन
बर्दिया,२९असार । बुधबार दिउसो २बजे बर्दियाको बढैयाताल गाउपालिकामा पर्ने चपलानाला तर्ने क्रममा बुधबार दिउसो दुई बालकहरुको ज्यान गएको छ ।
ज्यान जानेमा बढैयाताल गाउपालीका ३ जोडिपीपल बस्ने कालु सिंह महराको छोरा बर्ष १२ का राजेश महरा र सोही ठाउ बस्ने राम सिंह महराका छोरा बर्ष १० का पवन महरा रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक श्याम जंग शाहले बताए । दुई बालकहरु खोलामा डुवी मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मैनापोखरबाट प्रहरी टोली खटिएको र गएका घटना बारे आवश्यक अनुसन्धान भईरहेको निरीक्षक शाहले बताए ।
Comments
Post a Comment