सुभाष परियार पी सी एन
बर्दिया,९साउन । बिपन्न,दलित र मुक्तकमैयाका बालबालिकाहरुको उच्च शिक्षाको प्रमुख थलो बार बर्दियाको जयनगरमा रहेको सदाशिव बहुमखी क्याम्पसको छत ढलानमा नगरपालिकाकाले सहयोग नगरे विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त ५० लाख सहयोग रकम फिर्ता भएर जाने भएको छ ।प्रेस क्लब अफ नेपालका अध्यक्ष यम घिमिरेको अध्यक्षतामा बार बर्दियामा भएको साक्षात्कार कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष ईतवारी चौधरी र क्याम्पस प्रमख कर्णबहादुर थापा र वडा नं ६का वडा अध्यक्ष कर्ण बि कले स्थानीय निकाय ,समुदाय र राजनैतिक नेतृत्वको सहयोग र पहलमा अगाडि बढिरहेको क्याम्पसको निर्माणधीन भवनको छत ढलानमा बार बर्दिया नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधी र कार्यालयले सहयोग गरि विश्वविद्यालय अनुदान अयोगबाट क्याम्पसलाई प्राप्त ५० लाख सहयोग रकम फिर्ता हुनबाट रोक्नु पर्ने बताए ।२०७१ सालमा स्थानीय विपीन पोखरेलले बार बर्दिया नगरपालिका वडा नम्बर ६ मानपुरमा ५कठठा जग्गा दानमा उपलब्ध गराएपछि २०७२साल माघमा भवन निर्माण शुरु गरिएको बताउदै क्याम्पस संचालक समितिका अध्यक्ष ईतवारी चौधरीले निर्माणधीन भवनको छत ढलानमा सहयोग गर्न नवनिर्वाचित जनप्रतिनिधीलाई आग्रह गरे।सांसद संजयकुमार गौतमको सांसद विकास कोषबाट प्राप्त ३८लाख र साविक मगरागाडि गाविस को सहयोगबाट प्राप्त केही रकम समेत गरि ४५ लाख लगानीमा ६ कोठे क्याम्पस भवन ढलानको अवस्थामा आईपुगेको क्याम्पस बताउदै क्याम्पु प्रमुख कर्णबहादुर भाटले छत ढलानमा बार बर्दिया नगरपालिकाले सहयोग गरे विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त ५० लाख रकमबाट क्याम्पसमा माथिल्लो तला थप्न सकिने तर छत ढलान नभए रकम फिर्ता भएर जाने बताए।क्याम्पस रहेको वडा बार बर्दिया नगरपालिका वडा नं ६का वडा अध्यक्ष कर्णबहादुर बि कले वडा तथा नगरपालिकाको योजनामा आफुले सदाशिव बहुमुखी क्याम्पसको छत ढलानको योजनालाई वडाको प्राथमिकतामा पारि सो योजनालाई नगरपालिकाको प्राथमिकतामा पार्न पहल गर्ने बताए ।करिब १सय ५० जना बिद्यार्थी अध्यययन गरिरहेको सदाशिव बहुमुखी क्याम्पस हाल अंशुवर्मा माविको प्राथमिक बिधालय भवनमा संचालन हुदै आईरहेको छ ।
Comments
Post a Comment