बर्दिया,२२असार। । सन् २०१७ सम्म आधारभुत तथा सन् २०३० सम्म शुद्ध खानेपानी पुरयाउने सरकारी लक्ष्यलाई कार्यान्वयन गर्न लागि परेको जिल्ला खानेपानी तथा सरसफाई सब डिभीजन कार्यालय गुलरियाले ओभरहेड टंकी मार्फत हालसम्म जिल्लाका ३० प्रतिशत घरधुरीलाई सुरक्षित खानेपानीमा पंहुच पुरयाएको जनाएको छ ।
जिल्लाका ९ ठाउमा निर्माण गरि संचालनमा ल्याईएको ओभरहेड टंकी मार्फत झण्डै ९हजार घरधुरीलाई टयुबवेलका पानी भन्दा धेरै राम्रो आर्सेनिक नभएको शुद्ध खानेपानी बितरण गरेका छौ ः पी सी एन् संगको कुराकानीमा जिल्ला खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय बर्दियाका प्रमुख दिलीप कुमारले भने ।
शुद्ध खानेपानीका लागि जिल्लामा ९वटा खानेपानी आयोजनाको व्यवस्था भएपनि समुदायमा सुरक्षित पानी पिउनु पर्छ भन्ने चेतना अभावका कारण अझै पनि असुरक्षित पानीकै प्रयोग भएकाले संघ संस्था,स्थानीय निकायले शुद्ध पानीको महत्व बारे सचेतना फैलाउनु पर्ने प्रमुख कुमारले बताए।
प्रमुख कुमारका अनुसार हाल जिल्लाका गुलरिया,खैरापुर,मधुवनको ईन्द्रप्रकाश र कुसुम्बा ,ढोढरी,राजापुर,शिवपुर भुरिगाउ र बासगढीमा गरि २लाख २५हजार लिटर पानी संकलन हुने क्षमताका ९वटा ओभरहेड टंकी निर्माण गरि उपभोक्ता समिति मार्फत घरघरमा शुद्ध खानेपानी बितरण गरिएको छ । हाल ९हजार घरधुरीले बिहान र सांझ न्युनतम शुल्कमा दैनिक रुपमा शुद्ध खानेपानी पिउन पाईरहेका छन् ः उनले भने ।
जिल्लाका शत प्रतिशत घरधुरीमा शुद्ध खानेपानी पुरयाउने लक्ष्य राखेको कार्यालयले डेउढाकला ,मगरागाडि,मैनापोखर,मधुवनको रामकृष्णनगरमा दुई लाख लिटर क्षमताका थप ओभर हेड टंयाक निर्माण कार्य पनि जारि राखेको छ ।
नेपाल सरकारले तराईका २० जिल्लामा लागु गरेको तराई मधेश खानेपानी सुधार कार्यक्रम अन्र्तगत बर्दियामा पनि सोलार सिस्टमबाट चल्ने ओभरहेड टंक निर्माण कार्य छिटटै शुरु हुने जिल्ला खानेपानी तथा सरसफाई सब डिभीजन कार्यालय बर्दियाले जनाएको छ । १ लाख लिटर पानी अटने ती टंयाकहरुबाट चेपांग,बेचैपुर,कर्मला,माचड,,बनियाभार,डल्ला गाउका १२०० बढि घरधुरीका बासिन्दालाई शुद्ध खानेपानी उपलब्ध गराईने कार्यालयको क्रमागत योजनामा उल्लेख छ ।
उच्च लगानी लाग्ने प्रविधिको खानेप्रणालीको निर्माण गर्नुपर्ने र खानेपानीको क्षेत्रमा काम गर्ने बाहय सहयोगी निकाय नहुदा खानेपानीको लक्ष्य पुरा गर्न चुनौतिपुर्ण रहेको देखिन्छ ।
Comments
Post a Comment