पी सी एन
बर्दिया,१६साउन २०७४। नव नियुक्त सिचाई मन्त्री बर्दिया क्षेत्र नं २का सांसद तथा नेपाली कांग्रेस बर्दियाका सभापति सञ्जय गौतम कुमार गौतमले ऐतिहासिक महत्व बोकेको गुलरिया बसोबास ,खेतीपाती,उधोधन्दा र ब्यापार व्यवसाय सुदृढ र सुरक्षित बन्दै गएकाले घर जग्गा खरिद तथा उधोगधन्दा ब्यापार ब्यवसाय संचालनमा गुलरियामा लगानी बढाउन सबैलाई अनुरोध गर्नुभएको छ ।
बबई नदीको कटान र डुबानबाट गुलरिया पुर्ण रुपमा सुरक्षित रहेको बताउदै मन्त्री गौतमले कृषि, पर्यटन , शिक्षा,स्वास्थ्य,उधोग ब्यापार, राजनीति हरेक हिसाबले संभावना बोकेको गुलरियामा छिटटै नै औधोगिक क्षेत्र ,कृषि तथा पोलिकटेक्नियकल महाविधालय स्थापना भई गुलरियाको विकासले झन गति लिने प्रष्ट पार्नुभयो ।
सुरक्षा, जीविकोपार्जन ,व्यापार हरेक हिसाबले उतम रहेको गुलरियालाई बबई नदीको कटान तथा डुबानबाट सुरक्षित राख्न पर्याप्त मात्रामा तटबन्ध गरिएको बताउदै मन्त्री गौतमले गुलरियालाई पनि स्मार्ट सिटी बनाउन आफु लागि परेको बताउनु भयो । गुलरियामा मुल भन्सार नाकाको स्थापना गराउने र हुलाकी सडक आयोजना मार्फत गुलरिया भुरिगाउ सडक कालोपत्रे गर्ने कार्यै पनि यसैबर्ष पुरा हुने प्रष्ट पार्दे मन्त्री गौतमले समृद्धि हासिल गर्ने दिशामा अघि बढिरेहको कृषि तथा पर्यटन उधोगमा लगाी बढाउन स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो ।
सिचाई मान्त्री बनेपछि पहिलो पटक गृह जिल्ला बर्दिया आउनु भएका गौतमले बबई सिचाई आयोजनाद्धारा संचालित कार्यक्रमहरुको निरीक्षणका क्रममा मन्त्री गौतमले छिट्टै नै गुलरियामा नहर बिस्तार गरि बबई नदीको पानीबाट गुलरिया नगरपालिका क्षेत्रभित्रका खेतहरुमा सिचाई हुने व्यवस्था मिलाउने बताउनु भयो । मधुवन ,पर्वतिया मन्दिर हुदै नहर खोली एक बर्षभित्र गुलरियमा बबईको पानीबाट खेतमा सिचाई पुग्ने छ ,म त्यसको लागि लागि परेको छु मन्त्रालयबाट उपयुक्त बजेट तथा कार्यक्रम ल्याई छिटटै काम शुरु गछु ः उहाको प्रतिबद्धता थियो । उहाले त्यस रुटमा नहरसगंसगै पक्की बाटो खोल्ने पनि प्रतिबद्धता ब्यतक्त गर्नुभयो ।
मन्त्री गौतमका साथ बबई सिचाई आयोजनाका प्रमुख दानरत्न शाक्य,नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र धिताल,प्रेस क्लबका अध्यक्ष यम घिमिरे,नेपाल प्रेस युनियनका अध्यक्ष बिनराज भण्डारी समेतले बबई सिचाई आयोजनाको निरक्षण तथा अनुगमन गर्नुभयो ।
Comments
Post a Comment