पी सी एन
बर्दिया,२२ असार ।नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद्को आयोजना तथा गुलरिया नगरपालिका कार्यालयको सहयोगमा जलवायु परिवर्तनका असरहरु विषयक तालिम गुलरियामा बिहीबार सम्पन्न भएको छ ।
दुईदिन सम्म चलेको सो तालिममा काशीराम चौधरी र मुकुन्द अर्यालले सहजीकरण गरेका थिए ।
तालिम उद्घाटन र समापन कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद्का अध्यक्ष रामकुमार थारु, जिल्ला कोषाध्यक्ष विश्वनाथ श्रेष्ठ,नगर अध्यक्ष रंगीलाल थारु लगायतले सम्बोधन गर्दै तालिमबाट आदिवासी जनजातिहरुको संघ संस्थामा नेतृत्व गर्दे आएकाहरुलाई जलवायु परिवर्तन जस्तो संवेदनशील र समसामयिक विषयमा आधारभुत जानकारी मिलेको बताए ।
Comments
Post a Comment