Skip to main content
बिष्टको संयोजकत्वमा गुलरियामा सुशासन तथा प्रेस समिति गठन
शुभाष परियार पी सी एनबर्दिया,१४ साउन । संचार माध्यमद्दारा स्थानीय विकासका गतिविधिलाइ प्रकाशन,प्रसारण र प्रचारप्रसार गरि सुशासन प्रर्वद्धनमा जोड दिदै आएको प्रेस क्लब अफ नेपाल (पी सी एन)ले बर्दियाको गुलरियामा नगरपालिकामा नगरस्तरीय सुशासन,प्रेस तथा विकास समिति गठन गरेको छ ।रेडियो बबईका समचारवाचीका गोमा बिष्टको संयोजक्त्वमा गठित समितिको उपसंयोजकहरुमा खगेन्द्र सुनार,राजेश थारु र जानवती गोडिया चयन हुनु भएको छ ।यस्तै सदस्यहरुहरुमा सिर्जना जि सी,बविता बडुवाल,दामोदर खडका,बृहस्पति चौधरी,सीमान्त चौधरी,बिमला चौधरी,संगीता थारु,बीरेन्द्र बानिया,शिवमा कर्ण,उर्मिला कुमारी थारु,राजकुमारी थारु ,कविता थारु निरंकार गुप्ता चयन हुनु भएको छ । स्थानीय तहलाई जनताप्रति उत्तरदायी र जवाफदेही बनाउन, स्थानीय तहमा कृयाशील निकायकोे भूमिका र दायित्वलाई स्पष्ट पार्दै उनीहरुलाई पनि जवाफदेही एंव पारदर्शी बनाउन, स्थानीय तहबाट भए गरेका काम कारवाहीलाई संचारमाध्यमद्धारा प्रकाशन प्रसारण गर्न, विकासका कार्यहरुको अनुगमन र मूल्यांङ्कन गरी आवश्यक राय सल्लाह दिन समितिले संचारपैरवीका साथै साक्षात्कार ,अन्तरक्रिया एंव सचेतनाका कार्यक्रमहरु पनि संचालन गर्ने पी सी एन अध्यक्ष यम घिमिरेले बताए । प्रदेश नम्बर ५ र ७ का सबै स्थानीय तहमा समिति गठन गर्ने पी सी एन ले जनाएको छ । स्थानीय विकासमा कृयाशील जनप्रतिनिधी,सरकारी तथा गैर सरकारी निकाय, संचारमाध्यम,सहकारी र निजी क्षेत्र निजी क्षेत्रले गरेका रचनात्मक कार्यहरुलाई संचार माध्यमद्धारा प्रकाशन एंव प्रसारण गरि विकासमा जनसहभागिता अभिबृद्धि गरि जनप्रतिनिधीहरुलाई विकास कार्यमा अझ बढि हौसला प्रदान गरिने छ ।स्थानीय विकास,सुशासन,प्रेस स्वतन्त्रता, पर्यटन प्रर्वद्धन र प्रकृति संरक्षणमा कृयाशील संस्था प्रेस क्लब नेपाल (पी सी एन ) ले पत्रकार तथा प्रशिक्षार्थी पत्रकारहरुलाई एक सुत्रमा आबद्ध गर्दे समसामयिक तथा विकास सम्बन्धि कार्यलाई संचार माध्यमद्दारा प्रकाशन एंव प्रसारण गरि विगत १६बर्षदेखि स्थानीय विकासमा योगदान पुरयाईरहेको प्रेस क्लब अफ नेपालले समाज विकासमा योगदान पुरयाउने संचारकर्मी,नागरिक अगुवा,जनप्रतिनिधी,राष्ट्रसेवक कर्मचारी ,उधोगी व्यवसायीलाई सम्मान गरि उनीहरुको हौसला बढाउने कार्य पनि गर्दे आईरहेको छ ।
Comments
Post a Comment