जिल्ला कृषि विकास कार्यालय बर्दियाको विषादी प्रयोग सम्बन्धि कृषक दाजुभाई तथा दिदीवहिनीहरूमा विशेष अनुरोध





  • विषादी विष हो, औषधी होईन भन्ने कुरा सदैब मनन् गर्नुहोस ।अनावश्यक रूपमा विषादीको प्रयोग नगर्नुहोस् नगराउनुहोस्।
  • विषादी खरिद गर्नुपूवै प्राविधिकको अनिवार्य सल्लाह लिनुहोस्।  तालिम प्राप्त र ईजाजत पत्र प्राप्त विषादी खुद्रा बिक्रेताहरूबाट मात्र विषादी खरिद गर्नुहोस्।  विषादी विक्रेताले पंजीकरण नगरिएका विषादी बिक्री नगर्नुहोस्।
  • विषादी खरिद गर्दा पंजिकृत, सुरक्षित र प्रभावकारी विषादी छान्नुहोस्। पंजिकरण नभएका र प्रतिबन्धित विषादी बारे जानकारी राख्नुहोस र त्यस्ता विषादी खरिद नगर्नुहोस ।  
  • विषादीको सुरक्षित तरिकाले भण्डारण गर्नुहोस र बाल बच्चाहरूको पहँुच देखि टाढा राख्नुहोस्। ।  
  • सहि विषादी, सहि मात्रामा, सहि समयमा र सहि तरिकाले प्रयोग गर्नुहोस्। विषादी चलाउँदा सुरक्षात्मक पहिरनको अनिवार्य प्रयोग गर्नुहोस । 
  • विषादी प्रयाग गरिसकेपछि पर्खनुपर्ने समय व्यतित नभएसम्म बाली टिपेर खाने र बेच्ने नगर्नुहोस ।  भण्डारणमा लाग्ने रोग कीरा नियन्त्रणका लागि सकभर स्थानीय प्रविधि अवलम्वन गर्नुहोस् ।
  • रासायनिक विषादी प्रयोग गर्नुपरेमा सुरक्षित विषादी साबधानीपूर्वक गर्नुहोुस् र उपभोगपूर्व प्रतिक्षा अवधिको अनिवार्य ख्याल  गर्नुहोस्। विषादीका खाली भाँडाहरू (डिब्बा, प्याकेट) सुरक्षीत तरिकाले नष्ट गर्नुहोस, जथाभावी नफालौं ।  

विस्तृत जानकारीको लागि
जिल्ला कृषि विकास कार्यालय
प्रदेश नं ५,गुलरिया नगरपालिका ,बर्दिया

Comments