स्थानीय तहमा कर्मचारी खटाउदा अस्थायी र करारलाई प्राथमिकता दिनुपर्ने कर्मचारी संघको मांग

सीमा आचार्य  पी सी एन

बर्दिया, साउन ९ – नेपाल निजामती कर्मचारी युनियन संघ बर्दियाका अध्यक्ष कृष्णप्रसाद उपाध्यायले स्थानीय तहमा कर्मचारी खटाउदा साविक स्थानीय निकायमा कार्यरत कर्मचारी, जिल्लास्थित बिषयगत कार्यालयहरुमा कार्यरत अस्थायी र करार कर्मचारीहरुलाई पहिलो प्राथमिकता दिनु पर्ने बताएका छन् ।उनले जिल्लास्थित कर्मचारी व्यवस्थापन समितिले खटाएका कर्मचारीहरुलाई तीन दिनभित्र हाजिर गराई काम कामकाजमा लगाउन कार्यकारी अधिकृतहरुसंग जोडदार माग  गर्दे त्यसो नगरिए संघले जिल्लाब्यापी आन्दोलन गर्ने चेतावनी समेत दिए।प्रेस क्लब अफ नेपाल (पी सी एन) संगको साक्षात्कारमा अध्यक्ष उपाध्यक्षले स्थानीय तहमा कर्मचारीको अभाव भई जनतालाई छिटोछरितो सेवा प्रवाहमा ढिलाई एंव कठिनाई भईरहेको बेलामा अनुभवी र जनतामाझ राम्रो पकड जमाएका अस्थायी तथा करार कर्मचारीहरुलाई पहिलो प्राथमिकता दिनैपर्ने बताए।उनले कर्मचारी व्यवस्थापन समिति र युनियनले भने बमोजिम कर्मचारीहरुलाई हाजिर हुन नदिने कार्यकारी अधिकृत,जननिर्वाचित प्रतिनिधीले भविष्यमा हुने अप्रिय घटनाको जिम्मेवारी पनि लिनुपर्ने चेतावनी समेत दिएका छन् ।नेपाल निजमाति कर्मचारी युनियनले सोमवारै निमित्त प्रमुख जिल्ला अधिकारी ढुण्ढीराज पोख्ररेललाई ज्ञापनपत्र बुझाई आफुहरुले उठाएको मांग तत्कालै पुरा हुनुपर्ने बताएको छ ।


Comments