Skip to main content
गुलरियाको पर्यटन क्षेत्रको पहिचान र संरक्षण विषयक अन्तरकृया कार्यक्रम सम्पन्न
पी सी एन
बर्दिया,२७ असार । गुलरियाको पर्यटन क्षेत्रको पहिचान र संरक्षण विषयक अन्तरकृया कार्यक्रम गुलरियामा मंगलबार सम्पन्न भएको छ।
फुलबारी एफ एम १००.६ मेर्गाहर्जको समन्वय र होटल अर्गनाईजेसन तथा पर्यटन पत्रकार संघको सयुक्त आयोजनामा भएको कार्यक्रममा बक्ताहरुले गुलरियाको कृष्णसार संरक्षण क्षेत्र,भकर ताल ,मुक्तीनारायण भादाघाट, बाईपास पार्क र थारु संग्रहालय लगायतका पर्यटकीय क्षेत्रको संरक्षण सम्वद्र्धनमा गुलरिया नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधीहरुले विशेष नीति ,बजेट तथा कार्यक्रम लागु गर्नु पर्ने बताए।
कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाको नवनिर्वाचित मेयर मुक्तीनाथ यादव र उपमेयर सुशीला गिरीले आफुहरुले गुलरिया नगरपालिकामा पर्यटकीय क्षेत्र र अन्य क्षेत्रको विकास ंसंगसगै लिएर जाने बताए । उनीहरुले कृषि,वन,होटलमा आधारित पर्यटन उधोगको प्रर्वद्धनमा आफुहरुको सक्दो सहयोग हुने प्रतिबद्धता जनाउदै गुलरियाका पर्यटकीय क्षेत्रहरुको ब्यापक प्रचारप्रसार गरि स्वदेशी तथा विदेशी पर्यटक भित्रयाउन संचारमाध्यमहरुले विशेष भुमिका खेल्न पनि आग्रह गरे ।
होटल अर्गनाईजेसन बर्दियाका अध्यक्ष तुलसीप्रसाद तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष राजेन्द्रप्रसाद धिताल,नागरिकसमाजका संयोजक बालकृष्ण वली , पर्यटन पत्रकार संघका अध्यक्ष दिपक शर्मा, सचिव भीम ठकुरी लगायतले बोलेका थिए।
कार्यक्रममा नव निर्वाचित मेयर मुक्तीनाथ यादव र उपमेयर सुशीला गिरीलाई खादा ओढाई र टिका ओढाई बधाई तथा सम्मान गरिएको थियो।
Comments
Post a Comment