बढैया ताल गाउपालिका एमालले जित्यो , बर्दियामा ६ स्थानीय तहको परिणाम घोषणा, २ तहमा गणना जारि

पी सी एनबर्दिया,१८ असार । पछिल्लो विवरण अनुसार बढैया ताल गाउपालिकाको अध्यक्ष र उपाध्यक्ष बहुमत सहित ने क पा एमाले जितेको छ ।

 शुरुदेखि नै अग्रता लिएका एमाले बर्दियाका जिल्ला उपाध्यक्ष लालबहादुर श्रेष्ठ ८१९८ मत ल्याई अध्यक्षमा र एमालेकै दिपा गौतम ८७८३ मत ल्याई उपाध्यक्षमा निर्वाचित भएका छन् ।

माओवादी केन्द्रका  दल्लुराम थारु ६८९६ मत ल्याई अध्यक्षमा  र सोही दलका  राधा आर्चाय ६४७१ उपाध्यक्षमा प्रतिद्धन्दीको रुपमा रहेका छन् ।

बर्दियाका आठ स्थानीय तह मध्ये ६ तहमा मत गणना सकि परिणाम घोषणा भईसकको   छ २ तहमा मत गणना जारि रहेको छ ।बर्दियामा मत परिणम घोषणा भएका ६ स्थानीय तह मध्ये २ तह कांग्रसले ,२ तह माओवादीले र  २ तह एमालेले जितेको छ ।

बर्दियाको गुलरिया नगरपालिका र गेरुवा गाउपालिका कांग्रसले , मधुवन र बार बर्दिया नगरपालिका माओावदी केन्द्रले र ठाकुरबाबा नगरपालिका र बढैयाताल गाउपालिका एमालेले जितेको छ । मत गणना भईरहेको बांसगढी नगरपालिकामा एमाले र राजापुर नगरपालिकामा माओवादीको अग्रता कायम छ ।


Comments