Skip to main content
बर्दियामा चारैजना पत्रकार निर्वाचित
पी सी एन्बर्दिया,१८ असार।गुलरिया नगपालिकामा नेपाली कांग्रेस र एमालेबाट बिभिन्न पदमा उम्मेदवार बनेका चारै जना पत्रकारहरु निर्वाचित भएका छन् ।नेपाल पत्रकार महासंघका केन्द्रिय सभासद सुशीला गिरी नगर उप प्रमुखमा,नेपाल पत्रकार महासंघका साधारण सदस्य प्रताप गौतम वडा नं १को वडा अध्यक्षमा ,नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद युवराज श्रेष्ठ वडा नं ५को वडा सदस्यमा र अर्का केन्द्रिय पार्षद विनयराज भण्डारी वडा न. ७को वडा सदस्यमा निर्वाचित भएका हुन ।पत्रकारिता मार्फत नागरिकको पक्षमा आवाज उठाउदै आई सामाजिक क्षेत्रमा योगदान पुरयाउदै आएका चारै जना पत्रकार स्थानीय माझ लोकप्रिय भएका कारण राम्रो मत पाई स्थानीय जनप्रतिनिधिमा निर्वाचित भएका हुन।नेपाल पत्रकार महासंघका अध्यक्ष राजेन्द्रप्रसाद धिताल,नेपाल प्रेस युनयनका केन्द्रिय अध्यक्ष बद्रि सिग्देल,प्रेस क्लबका अध्यक्ष यमनाथ घिमिरे,पर्यटन पत्रकार संघका अध्यक्ष दिपक शर्माले गुलरिया नगरपालिकाको बिभिन्न पदमा निर्वाचित चारै पत्रकारलाई बधाईदिनु भएको छ । उनीहरुले गुलरिया नगरपालिकामा सुशासन,समृद्धि र विकास गराउन र गुलरिया नगरपालिकामा मिडिया र मिडियाकर्मीको संस्थागत र दिगो विकासका नीति तथा कार्यक्रम लागु गराउने विश्वास ब्यक्त गरेका छन्।
Comments
Post a Comment