Skip to main content
गुलरियामा कंग्रेसले मेयर उपमेयर जित्यो
पी सी एन बर्दिया ,१७ असार । नेपाली कांग्रेसका तर्पmबाट गुलरिया नगरपालिकामा मेयरमा मुक्तीनाथ यादव र उपमेयरमा सुशीला गिरी निर्वाचित भएका छन् ।यादवले ६२०७ र गिरीले ६३६४ मत प्राप्त गरि विजयी भएका हुन । यादवे प्रतिद्धन्दीमा रहेका एमालेका हरि ज्ञवालीले ५७३६ र गिरीको प्रतिद्धन्दीमा रहेकी टिका समशेलीले ५६८५ मत प्राप्त गरेकी छिन्।गुलरिया नगरपालिका वडा नं ३ कट्टी गांउ घर भएका नव निर्वाचित ३९ बर्षीय मेयर यादव पढाईमा सामान्य लेखपढ भएपनि उनको लामो राजनैतिक र सामाजिक अनुभव छ । नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति समेत रहेका यादवले गाउघरका विपन्नहरुको मुद्दा मामिला र मेलमिलापमा सहयोग गर्नुका साथै सरकारी निकायमा उनीहरुको काम छिटोछरितो गराउन विशेष पहल गर्दे आईरहेका छन्।
साना ठुला सबै संग सहज र सरल रुपमा प्रस्तुत हुने उनको शैली र उनको लोकप्रियता देखेर कंग्रेसले उनलाई मेयरमा टिकट दिएको थियो ।नेपाली कांग्रेसले मेयर उपमेयर जितको खुशीयालीमा सदरमुकाम गुलरिया र कंग्रेसले जितेका ३,५,६ १० नम्बर वडामा विजय जुलुश निकालिएको छ र।बर्दियाको मधुवन नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्दका उम्मेदवारले अग्रता लिइरहेका छन्।पछिल्लो मतपरिणामअनुसार माओावादी माओवादी केन्द्रका मेयर पदका उम्मेदवार गणेश के सीले ५०६६र उपमेयर शुभरानी थारुले ४८४० मत ल्याउदा कंग्रेसका मेयर उम्मेदवार जग्गाप्रसाद पाण्डेले ४०३६ र उपमेयर तुलसी पुनले ४१३० मत पाएका छिन्।एमालेका मेयर उम्मेदवार दुर्गा वलीले ३२२५ र उपमेयरले ३१६९मत पाएका छन्
ठाकुरबाबा नगरपालिकामा ४११० मत ल्याई एमालेका घननारायण श्रेष्ठले मेयर पदमा र ४११४ मत ल्याई माओवादीकी कृष्णकुश्मा थारुले उपमेयरमा अग्रता लिएकी छिन । उनीहरुलाई मेयरमा माओवादी केन्द्रका नेत्रराज आर्चायले ३७४९ मत ल्याई र उपमेयरमा बिना भटराईले ३९४१ मत ल्याई पछाई रहेकी छिन् ।कंग्रेसका मेयरका उम्मेदवार मक्कुराम थारुले २३०१ र उपमेयर लिला भाटले २४०२ मत प्राप्त गरेकी छिन् ।राजापुरमा कंग्रेस र माओवादी बीच कडा प्रतिस्पधा देखिएको छ । यस अघिको मतगणनामा लगातार कंग्रेसले लिड गरेको राजापुरमा शनिवार दिउसो १२ बजेको मतपरिणाम माओावदीले लिड गर्न शुरु गरेको छ ।माओवादी केन्द्रका उम्मेदवार शिवप्रसाद थारुले २९६४ र कंग्रसका दिपकजंग शाहले २९४५ मत प्राप्त गरेका छन् ।उपमेयरमा माओवादी केन्द्रकी मनकला चौधरीले २८७८ं र कंग्रेसकी तारा चौधरीले २८२२ मत प्राप्त गरेकी छिन । एमालेका मेयर उम्मेदवार पहारी चौधरीले १०९८ र उपमेयर कृष्णी थारुले ११७१ मत प्राप्त गरेकी छिन् । बासंगढी नगरपालिकाको मेयरमा उपमेयरमा एमाले उम्मेदवारहरु अगाडि छन् । मेयरमा शालिकराम अधिकारी र उपमेयरमा सुष्मा चौधरीले शुरुदेखि नै अग्रता लिएकै छन् । एमालेका मेयर उम्मेदवार अधिकारी माओवादी मेयरका उम्मेदवार विनाराम थारु भन्दा झण्डै डबल मतले अगाडि छन् । अधिकारीले ४३१६ र माओवादी केन्द्रका थारुले २७५९ मत प्राप्त गरेका छन् । उपमेयरमा सुष्मा चौधरीले ४५३४ मत पाई अग्रता लिईरहेकी छिन। कंग्रेसका मेयर उम्मेदवार गंगाधर पौडेल २६४५ मत ल्याई तेस्रो स्थानमा रहेका छन् ।
Comments
Post a Comment