बर्दिया,१८ असार । बिहान १०बजेसम्म राजापुर नगरपालिकामा नेकपा माओवादी केन्द्रले ८ सय मतको अग्रता लिएको छ गएराती सम्म नेपाली काग्रेसले अग्रता लिएको भएपनि वडा नं. ५को मत गणना भएपछि नेकपा माओवादी केन्द्रले अग्रता लिएको हो ।
माओवादी केन्द्रका मेयर पद उम्मेदवार शिब कुमार थारुले ५१६४मत प्राप्त गरि अग्रता लिई रहेका छन् भने कांग्रेसका मेयर पद उम्मेदवार दिपक जङ्ग शाहले ४५३४मत प्राप्त गरि पछाईरहेका छन् । उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार मनकला कुमारी चौधरीले ५००९ मत प्राप्त गरि अग्रता लिईरहेकी छिने भने उनलाई ४४७० मत प्राप्त गरि नेपाली कांग्रेसका उप मेयर उम्मेदवार तारा चौधरीले पछाई रहेकी छिन्।
राजापुर नगरपालिकाको वडा नम्बर ४ मा नेपाली कांग्रेसका नगर सभापति रमणकुमार रेग्मीले प्यानलसहित वडा अध्यक्ष जितेका छन्।
बर्दियाको मधुवन नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्दका उम्मेदवारले अग्रता लिइरहेका छन्।पछिल्लो मतपरिणामअनुसार माओावादी माओवादी केन्द्रका मेयर पदका उम्मेदवार गणेश के सीले ७६७३ र उपमेयर शुभरानी थारुले ६८४२ मत ल्याउदा कंग्रेसका मेयर उम्मेदवार जग्गाप्रसाद पाण्डेले ५०५५ र उपमेयर तुलसी पुनले ५३४५ मत पाएका छिन्।एमालेका मेयर उम्मेदवार दुर्गा वलीले ४८८४ र उपमेयरले ४९०५मत पाएका छन्
बासंगढी नगरपालिकाको मेयरमा उपमेयरमा एमाले उम्मेदवारहरु अगाडि छन् । मेयरमा शालिकराम अधिकारी र उपमेयरमा सुष्मा चौधरीले शुरुदेखि नै अग्रता लिएकै छन् । एमालेका मेयर उम्मेदवार अधिकारी माओवादी मेयरका उम्मेदवार विनाराम थारु भन्दा झण्डै डबल मतले अगाडि छन् । अधिकारीले ४३१६ र माओवादी केन्द्रका थारुले २७५९ मत प्राप्त गरेका छन् । उपमेयरमा सुष्मा चौधरीले ४५३४ मत पाई अग्रता लिईरहेकी छिन। कंग्रेसका मेयर उम्मेदवार गंगाधर पौडेल २६४५ मत ल्याई तेस्रो स्थानमा रहेका छन् ।
ठाकुरबाबा नगरपालिकामा ५९८२ मत ल्याई एमालेका घननारायण श्रेष्ठले मेयर पदमा र ५७५४ मत ल्याई एमालेकी बिना भटराईले उपमेयरमा अग्रता लिएकी छिन । उनीहरुलाई मेयरमा माओवादी केन्द्रका नेत्रराज आर्चायले ५०२४मत ल्याई र उपमेयरमा माओवादीको कृष्णकुश्मा थारुले ५३१७ मत ल्याई पछाई रहेकी छिन् ।कंग्रेसका मेयरका उम्मेदवार मक्कुराम थारुले ३७९७ र उपमेयर लिला भाटले ३८९८ मत प्राप्त गरेकी छिन् ।
बढैया ताल गाउंपालिकामा शुरुदेखि नै ने क पा एमालेले अग्रता लिएको छ । सो गाउ पालिकाको अध्यक्ष पदका उम्मेदवार लालबहादुर श्रेष्ठले ३५२४ र उपमेयरकी उम्मेदवार दीपा गौतमले ३८६१मत प्राप्त गरेकी छिन्।एमाले उम्मेदवारको प्रतिस्पर्धामा रहेका नोपली कंग्रेसका अध्यक्ष उम्मेदवार मानबहादुर बुढाले हालसम्म २१४३ र उपाध्यक्षमा माओवादी केन्द्रकी राधा आर्चायले १६२९ मत प्राप्त गरेकी छिन्।माओावादी केन्द्रका अध्यक्ष उम्मेदवारले १५६१ र कंग्रेसकी उपाध्यक्ष पदकी उम्मेदवार भगनदैया थारुले १५२२मत प्राप्त गरेकी छिन् ।
गेरुवा गांउपालिकाको अध्यक्ष पदमा कंग्रेसले र उपाध्यक्षमा माओवादी केन्द्रले अग्रता लिएको छ।अध्यक्षमा कांग्रेसका जवानसिंह के सीले ५०९३ र उपाध्यक्षमा हिमा थारुले४६८२ मत ल्याई अग्रता लिएको निर्वाचन अधिकृत देवराज भारतीले जानकारी दिनुभयो ।अध्यक्षको प्रतिस्पर्धामा रहेका माओवादीका विश्व थारुले ४०६५ र उपाध्यक्षमा माओावादीकी लिला थारुले ४२०४ मत प्राप्त गरकी छिन्।
Comments
Post a Comment