अत्याधुनिक प्रविधिको मेशीन प्रयोग गरि खेती गर्ने तरिका सिकाएर बर्दियामा धान दिवस मनाईयो


पी सी एन

बर्दिया,२२ असार । यस बर्ष अलि फरक किसिमले बर्दियामा धान दिवस मनाईको  छ । धान रोपाई गर्ने मेशीन (ट्रान्सप्लान्टर मेशीनको) प्रयोगद्धारा धान रोपाई  गरेर बर्दियामा धान दिवस मनाईएको छ ।

प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापा,वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावत स्थानीय विकास अधिकारी तेजप्रसाद शर्मा लगयतको उपस्थितिमा बढैयाताल गाउपालिकका वडा नम्बर ८ मयुरबस्तीमा मिलन कृषि सहकारी संस्थाले भाडामा लिएको जमिनमा धान रोपेको देखाएर दिवस मनाईएको हो । 
जिल्ला स्तरीय कृषि एलायन्सको आयोजनामा भएको  कार्यक्रममा किसान,राजनैतिक दलका प्रतिनिधि,संचारकर्मी ,सरकारी गैर सरकारी निकायका  प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
६ लाख मुल्य पर्ने धान रोप्ने ट्रान्सप्लान्टर मेशीन मेशीन जिल्ला कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदान सहुलियतमा किसानहरुलाई उपलब्ध गराउदै आएकोले अत्याधुनिक प्रविधिको मेशीनको प्रयोग गरि धानको उत्पादकत्वमा बृद्धि गर्न वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले अनुरोध गरेका छन् ।
धान खेतीका लागि  प्रसिद्धी कमाएको बर्दियामा  ५०हजार हेक्टर जमिनमा बर्षेनी २लाख ५०हजार मेट्रिक टन भन्दा बढि धान उत्पादन हुने गरेको  कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ  ।


Comments