Skip to main content
बर्दियामा जिल्ला सभाको पहिलो बैठक सम्पन्न , ९ सदस्यीय समन्वय समिति बनाउने निर्णय
बिनिता क्षेत्री पी सी एन
बर्दिया,५ साउन । बर्दिया जिल्ला सभाको पहिलो बैठक बिहीबार जिल्ला समन्वय समितिका संयोजकको सभाकक्षमा सम्पन्न भएको छ ।बैठकले ९सदस्यीय जिल्ला समन्वय समिति बनाउने निर्णय गर्दै सो को लागि आवश्यक तैयारी गर्न निर्वाचन आयोगलाई अनुरोध गरेको समितिका सदस्य एंव राजापुर नगरपालिकाका मेयर शिवप्रसाद चौधरीले बताए ।बैठकले स्थानीय तहको निर्वाचन सफलतापुर्वक सम्पन्न गर्ने सबैलाई धन्यवाद ज्ञापन पनि गरेको छ भने जिल्लामा कार्यरत कर्मचारी र समन्वय समिति बीच बृहत अन्तरकृया कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । अन्तरकृया कार्यक्रमको व्यवस्थापन गर्ने जिम्मा प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीलाई दिईएको छ । जेष्ठ सदस्य एंव बढैया ताल गाउपािलकाका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा बढैया ताल र गेरुवा गाउ कार्यपालिकाका गरि दुई अध्यक्ष र दुई उपाध्यक्ष तथा बार बर्दिया,गुलरिया,राजापुर ,मधुवन,ठाकुरबाबा र बांसगढी नगर कार्यपालिकाका ६ प्रमुख र ६ उपप्रमुख को सहभागिता थियो । गाउँसभा र नगरसभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३० दिनभित्र जिल्लासभाको बैठक बस्ने व्यवस्था संवैधानिक व्यवस्था अनुसार बिहीबार बैठक राखिएको हो ।नेपालको संविधान धारा २२० अनुसार जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाहरूबीच समन्वय गर्न एक जिल्ला सभा रहनेछ । जिल्ला सभाले पाँच वर्षका लागि एक जना प्रमुख, एक जना उपप्रमुख, कम्तीमा तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसंख्यक सहित बढीमा नौ जना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्नेछ । सम्बन्धित जिल्लाभित्रको गाउँ सभा वा नगर सभाको सदस्य जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्य पदको उम्मेदवार हुन योग्य हुनेछ।
Comments
Post a Comment