पी सी एन
बर्दिया,१२ साउन । बर्दियामा काम गर्ने वातावरण नभएको भन्दै राष्ट्रिय प्रकृति संरक्षण कोषको बर्दिया संरक्षण आयोजनाले बांकेको कोहलपुरमा आफनो कार्यालय स्थापना गरि कामकाज शुरु गरेको छ ।
स्थानीय समुदायको क्षमता अभिबृद्धि गरि बाके राष्ट्रिय निकुञ्ज वरिपरिका बासिन्दालाई प्राकृतिक स्रोत व्यवस्थापनमा उतरदायी बनाई जैविक विविधता संरक्षणलाई प्रर्वद्धन गर्न कोषले हाललाई ३जना कर्मचारी मार्फत सेवा शुरु गरेको छ । कोषले आवश्यकता अनुसार कर्मचारी थप गर्ने पनि जनाएको छ ।
जनसमुदाय र बांके राष्ट्रिय निकुञ्जको मांग बमोजिम निकुञ्ज वरिपरिका बासिन्दालाई दिगो कृषि तथा वन ,पशुपालन, प्राकृतिक वनको पुर्नउत्पादन ,वैकल्पिक आयआर्जनका योजना र प्रकृतिमा आधारित पर्यटनको प्रर्वद्धन गर्न हाल दुई जना कर्मचारी राखि काम शुरु गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका आयोजना प्रमुख अम्बिका खतिवडाले बताए । कोषको कोहलपुरस्थित कार्यालयमा आयोजना प्रमुख खतिवडा , परामर्श अधिकृतमा बिनोद श्रेष्ठ र परामर्शकर्तामा मनोज गौतमले कामकाज गर्दे आईरहनु भएको छ ।
स्थानीयको मांग अनुसार कोषले संरक्षण सम्बन्धि सचेतना,अनुसन्धान र जनसहभागिता अभिबृद्धि र सशतिmकरणका लागि कोहलपुरस्थित कार्यालयबाट प्रभावकारी ढंगले काम गरि संरक्षणमा जनसहभागिता अभिबृद्धि गरिने आयोजना प्रमुख खतिवडाले बताए ।
सन् १९८६मा चितवनबाट पहिलोपटक गैडा स्थानान्तरण गरिएपछि बर्दियामा आफनो उपस्थिति देखाएको राष्ट्रिय प्रकृति संरक्षण कोषले १९९४ बाट जैविक बिविधता अनुसन्धान र दिगो विकास परियोजनाबाट आफनो नियमित परियोजना शुरु गरेको थियो ।
Comments
Post a Comment