Skip to main content
सिचाई मन्त्री गौतमद्धारा सिक्टा सिचाईको निरीक्षण , सोमवार र मंगलबार मन्त्री गौतम आफनो गृह जिल्ला बर्दियामा
पी सी एन
बर्दिया,१५ साउन २०७४ । राष्ट्रिय गौरवका आयोजनाहरु निरीक्षण गर्न बांके आईपुग्नु भएका सिंचाई मन्त्री सञ्जय गौतमले आइतवार बाँकेको सिक्टा सिंचाइँ आयोजनाको स्थलगत निरीक्षण गरेर कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ ।
ने वि संघका अध्यक्ष शोभाकान्त पौडेलका अनुसार सो अवसरमा आयोजनाका कर्मचारीहरुलाई निर्देशन दिंदै मन्त्री गौतमले चाहिएको बजेट, जनशक्ति लगायत हरेक प्रकारको सहयोग गर्न सरकार तयार रहेको जनाउदै निर्धारित समयमा सिक्टाको काम जसरी पनि पुरा गर्नुपर्ने बताउनु भयो । उहाँले काममा ढिला सुस्ती हुन नहुने बताउनु भयो ।
आईतबार बिहानै बुद्ध एयर जहाजबाट नेपालगंज आईपुग्नु भएका गौतमले आईतबार प्रेस युनियन बाकेले आयोजना गरेको प्रेस मिटलाई सम्बोधन गरि सिधै सिक्टा सिचाई आयोजनाका निरीक्षण गर्न अगैया पुग्नु भएको थियो । अगैयाबाट फर्के लगतै उंहा नेपाली कांग्रेस बांकेले आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्नुका साथै वी पी चोकस्थित कंग्रेसका संस्थापक नेता वी पी कोईरालाको शालीकमा माल्र्यापण गर्नुभयो ।
सिचाईमन्त्री गौतमले आईतबार सांझ सिक्टासिचाई आयोजनाका उपभोक्ता समिति र कर्मचारीहरुसंग अन्तरकृया गरि सिक्टा सिचाई आयोजनालाई समयमै कसरी सम्पन्न गर्न सकिन्छ भन्ने बारे छलफल गर्नुभएको ने वि संघ बर्दियाका अध्यक्ष शोभाकान्त पौडेलले जानकारी दिनुभयो ।
नव नियुक्त सिचाईमन्त्री सञ्जयकुमार गौतम मन्त्री बनेपछि पहिलोपटक सोमवार आफनो गृह जिल्ला बर्दिया आइपुग्दै हुनुहुन्छ ।
आफनो मन्त्रालय अन्र्तगत पर्ने बबई सिचाईको निरीक्षण गर्न र कार्यकर्ता भेटघाटको लागि मन्त्री गौतम बर्दिया आउन लाग्नु भएको हो ।
नव नियुक्त मन्त्री नेपाली कांग्रेस बर्दियाका सभापति तथा बर्दिया क्षेत्र नं २का सांसद समेत रहनु भएका गौतमको स्वागतमा कंग्रेसका बिभिन्न तह र तप्काले बिभिन्न कार्यक्रमहरु आयोजना गरेका छन् ।
बाकेबाट बर्दिया आउनु हुने गौतमलाई सोमवार बिहान मैनापोखर र कालिकामा कायकर्ताहरुले स्वागत गर्ने भएका छन । ने वि संघले आफना सभापति तथा नव नियुक्त मन्त्रीलाई स्वागत गर्न मानखोलादेखि गुलरियासम्म बिहान ८बजे बाइक रयाली गर्देछ ।
नेपाली कांग्रेस क्षेत्र नं २ बर्दियाले गौतमको स्वागतमा जि वि स बिहान ११ बजे विशेष कार्यक्रम राखेको छ ।
सिचाईमन्त्री गौतमले भोली मध्यान्ह १बजेदेखि बबई सिचाई आयोजनाको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ । मंगलबार पनि सिचाई मन्त्री गौतम दिनभरी नै ब्यस्त रहनु हुने भएको छ । मंगलबार गौतम नेपाल निजामती कर्मचारी युनियन संंघ ,नेपाल प्रेस युनियन र नेपाली कांग्रेस बर्दियाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सरिक हुने कार्यक्रम रहेको ने वि संघ अध्यक्ष पौडेलले बताउनु भयो ।
Comments
Post a Comment