Skip to main content
बार बर्दियामा पर्यटनलाई प्राथमिकतामा राखि काम गर्ने नगरप्रमुख दुर्गाबहादुर थारुको प्रतिबद्धता
शुभाष परियार पी सी एन
बार बर्दिया , ३ साउन । बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारुले बार कृषि ,वन,धर्म तथा थारु संस्कृतिमा आधारित थुप्रै पर्यटन पुर्वाधार रहेको बार बर्दिया नगरपालिकामा पर्यटन विकासलाई उच्च प्राथमिकतामा राखि काम गर्ने प्रतिबद्धता जनएका छन् ।चराचुरुंगी र बन्यजन्तुहरु अवलोकन गर्न सकिने सतखलवा ताल,सतखलवा होमस्टे, बैदी फेनाफाटा र रानीजमरा शहिद पार्क,बार बर्दिया मरुवा थारु संग्रहालय ,सदाशिव मन्दिर लगायतका पर्यटन स्थलहरु रहेको बार बर्दियामा सडक पुर्वाधारसंगै पर्यटन विकासलाई पनि प्राथमिकता दिने मेयर थारुको प्रतिबद्धता छ ।पर्यटन पत्रकार संघले आयोजना गरेको अन्तरकृया कार्यक्रमलाई जयनगरमा सम्बोधन गर्दे नगरप्रमुख थारुले प्रकृति र थारु संस्कृतिमा आधारित थुप्रै पर्यटकीय स्थलहरुको पुर्वाधार निर्माण गरि स्वदेशी तथा विदेशी पर्यटकहरुलाई बार बर्दियामा नगरमा भित्राई नगरवासी र नगरपालिकाको आम्दानी बढाउन आफु लागि पर्ने बताए ।संघका जिल्ला अध्यक्ष दिपक शर्माको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा बार बर्दिया लायन्स अध्यक्ष हेमराज चपाई ,व्यापार संघ उपशाखा अध्यक्ष गोपाल भण्डारी, रेडक्रस उपशाखा सभापति लेखनाथ भुषालले पनि आफनो धारणा राखेका थिए।
Comments
Post a Comment