बबई,सिक्टा लगायत राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिने सिचाई मन्त्री गौतमको प्रतिबद्धता

रोशन ज्ञवाली पी सी एन
बर्दिया,१४साउन । सिचाईमन्त्री संजयकुमार गौतमले कृषिप्रधान देश नेपालमा सिचाई व्यवस्थालाई सुदृढ गर्न आफू गम्भिर भएर लागि पर्ने बताएका छन् ।
रिपोटस क्लबको साक्षात्कारमा सिचाईमन्त्री गौतमले सिचाई सम्बन्धी योजना धेरै वर्ष पुरानो भएकोले सिचाई सम्बन्धी नयाँ मास्टर प्लान ल्याई सोही अनुसार काम गर्ने बताएका छन् ।
राष्ट्रिय गौरवको आयोजनाहरु कार्यान्वयन गर्नु आफनो पहिलो प्राथमिकता हुने बताउदै मन्त्री गौतमले  बबई, सिक्टा , रानीजमारा, भेरी बबई सिँचाई आयोजना ाई समयमै कार्यान्वयन गर्नको लागि आफू गम्भिर रहेको बताए । 
‘म त बर्दियाको मान्छे, भावानात्मक रुपमा पनि म यस्ता सिँचाई आयोजनाहरु सँग जोडिएको छु, अब साना तथा मझौला आयोजनाहरुलाई समेत अघि बढाउनेछु, उनले थपे, ‘अब कृषि उत्पादन बढाउनलाई समेत योजना बनाई अघि बढने मेरो प्राथमिकता छ ।’
कृषिलाई उद्योगको रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताउदै उनले अन्तर मन्त्रालय समन्वय गरेर कृषि, स्थानीय तथा वातावरण मन्त्रालयवीच एकीकृत रुपमा यसबारेमा छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।


Comments