बर्दियामा ६० प्रतिशत रोपाई पुरा


पी सी एन
बर्दिया,२१असार ।बेर्ना,मलखाद,सिचाई सुविधा समयमै उपलब्ध हुनु र कृषकहरुमा बढेको चेतनाका कारण यस बर्ष बर्दियामा हालसम्म ६० प्रतिशत खेतमा धान रोपाई पुरा भएको छ ।
धानखेती  गरिने ५० हेक्टर जमिन मध्ये  ३० हजार हेक्टर जमिनमा धान रोपाई पुरा भएको वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले बताए । बर्षा भईरहेका कारण पानीको अभाव नभएकाले रोप्न बांकी  २०हजार हेक्टर जमिनमा पनि दुई सातामा रोपाई सकिने कार्यालयले जनाएको छ ।
धान उत्पादनको लागि नेपालमै प्रसिद्धी कमाएको बर्दियामा गत बर्ष २लाख २हजार ५सय मेटिक धान उत्पादन भएको थियो । समयमै रोपाई सकिनु,कृषकहरुमा चेतनास्तरको बृद्धि, बीउ, मलखाद ,तथा बिषादीको अभाव नहुन  जस्ता कारणले यस बर्ष धानको उत्पादन गत बर्ष भन्दा बढि हुुने अनुमान रहेको छ ।
बर्दियाको राजापुर क्षेत्रको १४हजार हेक्टर जमिनमा मकवानपुर १,सावित्री १ र राधा ४ जातको , डुबान हुने क्षेत्रमा सावा सब १,सब २,सावा मन्सुली  जातको र सुख्खा क्षेत्रमा सुख्खा १,सुख्खा ,रामधान जातको धान खेती हुने गरिएको वरिष्ठ कृषि विकास अधिकृत रावतले बताए ।
अहिले बढि उत्पादन हुने र पराल राम्रो हुने टी आर नंया जातको धान खेती तर्फ पनि यंहाका किसानहरुको आर्कषण बढेको छ ।
वार्षिक रु २५ अर्ब बराबरको धान भारतबाट आयात हुदै आएको नेपालमा आउँदो दुई वर्ष्भित्रमा धानमा आत्मनिर्भर बनाई तीन वर्षपछि निर्यात गर्ने सरकारी लक्ष्यलाई पुरा गर्न बर्दियामा बृहत्तर धान विस्तार योजना ६ सय बिघा जमिनमा चैते धानको खेती समेत गरिएको छ ।


Comments