बर्दियामा ५ स्थानीय तहको परिणाम घोषणा, ३ तहमा गणना जारि

पी सी एन

बर्दिया,१८ असार । बर्दियाका आठ स्थानीय तह मध्ये ५ तहमा मत गणना सकि परिणाम घोषणा भईसक३ तहमा मत गणना जारि रहेको छ ।बर्दियामा मत परिणम घोषणा भएका ५ स्थानीय तह मध्ये २ तह कांग्रसले ,२ तह माओवादीले र  १ तह एमालेले जितेको छ ।बर्दियाको गुलरिया नगरपालिका र गेरुवा गाउपालिका कांग्रसले ,मधुवन र बार बर्दिया नगरपालिका माओावदी केन्द्रले र ठाकुरबाबा नगरपालिका एमालेले जितेको छ ।मत गणना जारि बढैया ताल गाउपालिका र बांसगढी नगरपालिकामा एमालले र राजापुर नगरपलिकामा माओवादीको अग्रता कायम छ ।बढैयाताल गाउपालिकामा एमालेको अग्रता कायमै छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका अध्यक्ष उम्मेदवार लालबहादुर श्रेष्ठ ६८५२ र उपाध्यक्ष दीपा गौतम ७३०५ मत प्राप्त गरि अग्रता लिईरहेका छन् । प्रतिस्पर्धामा रहेका माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार दल्लुराम थारुले ६६२५ र उपाध्यक्ष राधा आर्चायले ६२०३मत प्राप्त गरेका छन्।


Comments