परमआदरणीय सान्दाजु,
जय नेपाल!
तपाई को ३५औं स्मृति दिवस को अवसरमा हजुर प्रति श्रद्धापुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र त्यो जनप्रिय आत्मा ले सदैब शान्ति पाओस,कामना गर्दछु। प्रिय् सान्दाजु तपाईले आफ्नु भौतिक शरीर छोडेर गएको ३५ बर्ष पुगेर ३६ बर्ष मा लागेको छ।यस अबधिमा राजनैतिक रुपमा नेपालले महत्वपुर्ण उपलब्धि हासिल गरेको छ। लोकतान्त्रिक मुल्य मान्यता को बाधक राजतन्त्र बिस्थापित भै देशमा गणतन्त्र स्थापना भएको छ। तपाई ले उठाएको मुल मुद्दा संबिधानसभा मार्फत नेपाली जनता को भाग्य कोर्ने संविधान लेखन को कार्य पनि पुर्ण भै कार्यान्वयन को क्रममा रहेको छ। हामीले संघीय प्रणाली लाई अंगिकार गरेका छौँ,स्थानीय सरकार को परिकल्पना गरेका छौँ।
जनताले सानातिना काम का लागी पनि जिल्ला सदरमुकाम वा राजधानी को चक्कर काट्नु नपरोस्।आफ्नु गाउँ ठाउँ को बिकास का लागि जनता आफैले निर्णय गरून् र त्यस्को रेखदेख पनि जनता आफैले गरून् भन्ने उद्देश्यले स्थानीय सरकार को अबधारणा ल्याइएको हो। यी सम्पुर्ण उपलब्धि हेर्दा तपाईं असंतुष्ट हुनुपर्ने कारण छैन तापनि नेपाली समाज तपाईं ले कल्पना गरे अनुरुप अगाडि बढेको छ छैन?सबै नेपाली ले राज्य सङ्ग अपनत्व बोध गरेका छन छैनन भन्ने बिषयमा आफना कुरा हरु तपाईं सामु राख्न चाहन्छु।
प्रिय सान्दाजु
तपाईं ले राजनीति सङ्ग जनता जोडिनु पर्छ अझ भन्ने हो भने जननिर्दे्शित राजनिती को पक्षमा आफुलाइ ढाल्नु भयो तर अहिले देशमा स्थापित लोकतान्त्रिक गणतन्त्र जनमुखी हुन नसक्ने हो कि भन्ने चिन्ता लाग्न थालेको छ।भर्खरै स्थानीय तह को निर्वाचन सम्पन्न भयो।यो निर्वाचन मा केहि उम्मेदवार ले पैसाको खोलो बगाए,मासु दारु भोट को किनबेचले अब सर्बसाधारण निर्बाचन लड्न सक्ने अबस्थामा छैनन भने सामान्य मतदाता आस्था का आधार मा भन्दा पनि सानोतिनो प्रलोभन मा मतदान गर्ने अबस्थामा पुगेका छन पक्कै पनि दिगो लोकतन्त्र को बिकास का लागी शुभ कुरा होइन।तपाईं ले समाजबादी लोकतन्त्र को वकालत गर्नु भयो।तर यहाँ पुजीवादी लोकतन्त्र ले प्रसय पाइरहेको छ जहाँ गरीब,निमुखा हरु अपहेलित भैरहेका छन।जसरी पनि पैसा कमाउ र आफ्नो स्वार्थ मा त्यसलाई लगाउ भन्ने उपभोक्ता बादी सिद्धान्त ले लोकतन्त्र को खिल्ली उडाइ रहेको छ।
आदरणीय सान्दाजु
देश का आधार स्तभ युवा हुन तर नेपाली युवा स्वदेश भित्र आफुलाइ सुरक्षित ठान्दैनन उनी हरुको गुनासो छ राष्ट्र युवा मैत्री हुन सकेन।न सरकार न राजनैतिक दलले युवा हरुको भावना,२१औ शताब्दी का ऊनी हरुका चाहना लाई सम्बोधन गर्न सके।बुढा बुढी र महिला हरु मात्र गाउँ घरमा छन युवा हरु बिदेश पलायन छन यो विषम परिस्थिति मा देश को बिकास सम्भब होला र? युवा हरुलाइ स्वदेश मै दुख गरेर केहि गर्ने प्रेरणा दिन जरुरी छ। काङ्ग्रेस को नेतृत्व लाई र अग्रज का नाताले अन्य पार्टी लाई पनि तपाईं ले यो सुझाव दिन जरुरी छ।
आदरणीय सान्दाजु
तपाईं ले धेरै नै कालजयी बिचार हामी लाई छोडेर जानू भएको थियो।समाज रुपान्तरण का लागि ती बिचार लाई आत्मसात गर्नु को विकल्प छैन तर हामीले नजरअन्दाज गर्दा समाज अधोगती तर्फ लम्केको छ। ठुल्ठुला अस्पताल खुलेका छन तर गरीब सिटामोल को अभाव मा मृत्यु को मुखमा पुग्न बाध्य छन।यो सम्पुर्ण दुर्ग्ति पुजीवादी अर्थतन्त्र ले ल्याएको हो । समाजबाद उन्मुख लोकतन्त्र ले मात्र गरीब निमुखा असहाय लाई न्याय दिन सक्छ।फेरि तपाईं ले यश तर्फ नेतृत्व लाई झक्झकाउन आबश्यक देखिन्छ। सबै भन्दा सस्तो शिक्षा हुनु पर्ने हो तर शिक्षा लाई दलाली को माध्यम बनाइए को छ।अकुत सम्पत्ति आर्जन को स्रोत बनेको छ शिक्षा।एक मुक्त कमैया,भुमी हिन सुकुम्बासी,निमुखा दलित को छोरा छोरी को पहुच भन्दा बाहिर गइरहेको छ राज्यले दिने ज्ञान यसले एक समतामुखी समाज को स्थापना हुन सक्दैन जस्तो लाग्छ मलाई।
परमप्रिय सान्दाजु
तपाई ले भन्नू भएको थियो प्रजातन्त्र आयो भने नेपाली काङ्ग्रेस भित्र सुकिला मुकिला हरु हावी हुनेछन् र इमानदार कार्यकर्ता पाखा लाग्नेछन र तपाई ले भन्नू भएको थियो निष्ठावान कार्यकर्ता हरु एकजुट भै त्यस प्रवृत्ति बिरुद्ध संघर्ष गर्नु पर्ने छ, यो रोग तपाईंको पार्टी मा मात्र होइन अन्य पार्टी मा पनि मौलाइ सक्यो।जसरी पनि पैसा कमाउ,आफ्नस लाई सक्रिय सदस्यता बाड पार्टी कब्जा गर निष्ठा वान कार्यकर्ता लाई पाखा लगाउ।हामी यो पाखन्डीपुर्ण राजनैतिक कुरिती सङ्ग लड्न चाहन्छौ।हजुर को प्रेरणा भने हामी लाई चाहिन्छ।प्रिय बिपि बाबू धेरै कुरा हरु अझ लेख्न मन थियो लामो लेख जस्तो पत्र पढ्न हजुर लाई झ्याउ लाग्ला अहिले बिट मार्छु।
पछि फेरि प्रसङ्ग मा लेखुला जय नेपाल।
तपाईं को एक अनुयायी ,
विद्याप्रसाद खनाल
Comments
Post a Comment