विश्वकर्मा सुशासन उपसमितिको सदस्यमा मनोनित

पी सी एनबर्दिया,२साउन । मधुवन नगर स्तरिय सुशासन,संचार तथा सामाजिक विकास उपसमितीमा मधुवन नगरपालिका वडा नं ७ की सावित्री बिश्वकर्मा लाई सदस्यमा मनोनित गरिएको छ। रेडियो रामज्ञानु एफएमको समाचार वाचिका समेत रहनु भएकी बिश्वकर्मालाई प्रेस क्लब अफ नेपाल (पी सी एन) ले सदस्यमा मनोनित गरेको हो । यस अघि छ सदस्यीय कार्यसमिति रहेको उपसमितीमा विश्वकर्मालाई मनोनित गरी कार्यसमितिको संख्या सात पुरयाईएको पी सी एन अध्यक्ष यम घिमिरेले बताउनु भयो ।  उपसमितीमा बिनिता भाट सयोंजकमा , सुनिता डाँगी उपसयोंजकमा  तथा रिता भाट, गोमा न्यौपाने, नमिता थापा र प्रेम बहादुर थापा सदस्यमा यस अघि नै चयन भईसक्नु भएको छ ।नगरपालिका तथा वडा कार्यालयले संचालन गरेका विकासमुलक तथा सामाजिक गतिविधिहरुलाई संचार माध्यममा प्रकाशन, प्रशारण गरी स्थानीय जनप्रतिनिधि,समुदाय,निकाय र कर्मचारीलाई समग्र नगरेको विकासमा थप जिम्मेवार बनाई हौसला बढाउने उपसमितिको मुख्य उद्देश्य रहेको छ । 

Comments