बिनिता भाट पी सी एन्
बर्दिया,१४ साउन । कर्णाली नदी नियन्त्रण आयोजना राजापुरका प्रमुख तिलकबहादुर खत्रीले पांच बर्षमा ४३ किलोमिटर तटबन्ध निर्माण गरि राजापुर क्षेत्रका स्थानीयलाई नदी कटान र डुबानबाट जोगाउने लक्ष्य लिएको कर्णाली नदी व्यवस्थापन आयोजना अन्र्तगत हालसम्म १२ किलोमिटर तटबन्ध निर्माण कार्य पुरा भएको बताएका छन् ।
प्रेस क्लब अफ नेपाल पी सी एनसंगको साक्षात्कारमा आयोजना प्रमुख खत्रीले २७ करोडको लगानीमा हालसम्म १८ किलोमिटर तटबन्ध निर्माणको टेण्डर भएकोमा १२ किलोमिटर तटबन्ध निर्माण कार्य पुरा भएको बताए ।
कर्णाली नदी नियन्त्रण आयोजनका लागि अर्थ मन्त्रालयबाट बार्षिक २ अर्ब रुपैया उपलब्ध गराउने भनिए बर्षेनी ३०करोड जतिमात्र रकम आउने भएकाले लक्ष्य अनुरुप आयोजनाले गति लिन नसकेको हो । आयोजना प्रमुख खत्रीका अनुसार बार्षिक ६०करोड जति रकम अर्थ मन्त्रालयबाट निकासा भए अझै प्रभावकारी र सशक्त रुपमा आयोजनाले गति लिनेछ । २०७१ सालदेखि शुरु भएको कर्णाली नदी व्यवस्थापन आयोजनाले तीन बर्षमा ४० प्रतिशत काम पुरा गरेको बताउदै अयोजना प्रमुख खत्रीले अब बाकी २ बर्षमा ६० प्रतिशत काम सम्पन्न हुन गाह्रो रहेको बताए ।
कर्णाली नियन्त्रण आयोजना अन्र्तगत कर्णाली नदिको बाढी आउन सक्ने सम्भाबीत क्षेत्र गेरुवा गाउपालिकाको वनघुस्रा,सनकट्टी र गुप्तीपुर तथा राजापुर नगरपालिकाको टिहुनी, नङ्गापुर, अनन्तपुर, सत्ती घाट र तिघ्रामा गरि १२ किलोमिटर तटबन्ध निर्माण कार्य सम्पन्न भएको छ ।
पाँचबर्षीय गुरु योजना अनुसार ११ अर्ब लागतमा ४३ किलोमिटर स्थायी तटबन्ध निर्माण गरी बैज्ञानिक ढंगबाट गेरुवा र कर्णाली नदीलाई नियन्त्रण गर्ने कर्णाली नदी नियन्त्रण आयोजनाले बर्षेनी हुने भौतिक तथा मानवीय क्षति हटाई नदी कटान र डुबानको चपेटाबाट राजापुर क्षेत्रका बासिन्दामाथि पर्दे आएको प्राकृतिक प्रकोपको क्षति कम गरिरहेको आयोजनाका सिनियर डिभिजन इन्जिनियर बरुण कुमार कर्णले बताए ।
Comments
Post a Comment