राजापुरमा पराजित बनेका कंग्रेस मेयर उम्मेदवार दिपकजंग शाहले सबै मतदातालाई धन्यवाद दिए

पी सी एन
बर्दिया,२०असार । बर्दियाको राजापुर नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदको उम्मेदवार बनि माओवादी केन्द्रका उम्मेदवारसंग पराजित बनेका नेपाली कांग्रेस बर्दिया क्षेत्र नं ४का सभापति दिपकजंग शाहले मतदान प्रक्रियामा समावेश हुनुहुने सबै मतदातालाई धन्यवाद दिदै आफनो पार्टी नेपाली कांग्रेस र उनलाई छोटो समयमा नै अपार सद्भाव, सहयोग, शुभेच्छा व्यक्त गरेका तथा मत दिएका  सबै नागरिकहरुप्रति हृदयदेखि नै धन्यवाद ज्ञापन गरेका छन् ।
उनले राजापुर नगरपालिकाका मतदाताहरुको साथ, सद्भाव तथा सहयोग निरन्तर रहने अपेक्षा राख्दै व्यक्तिगत रुपमा आफु तथा सामूहिक रुपमा पार्टीले उनीहरुलाई सधैै प्राथमिकताको सूचीमा पहिलो स्थानमा नै राख्ने वाचा गरेका छन् ।
उनले यतिmगत रुपमा आफु हारेपनि क्षेत्रीय सभापतिको रुपमा ठुलो जित हासिल गरेको प्रतिकृया दिएका छन् ।
नेपाली कांग्रेस क्षेत्र नं ४का सभापति शाहले शान्तिपूर्ण तथा व्यवस्थित रुपमा निर्वाचन सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।
उनले भनेका छन ः ‘म पराजय भए पनि मेरो पाटी जहिले जिति रहोस।’


Comments