निर्मला थापा पी सी एन
बर्दिया,१३ साउन । स्थानीय तहका विकास गतिविधिलाई संचार माध्यमद्दारा प्रकाशन,प्रसारण र प्रचारप्रसार गरि सुशासन प्रर्वद्धन र दिगो विकासमा जोड दिदै आएको प्रेस क्लब अफ नेपाल (पी सी एन)ले बर्दियाको बासगढी नगरपालिकामा सुशासन,प्रेस तथा विकास समिति गठन गरेको छ ।
बांसगढी बहुमुखी क्याम्पसका स्ववियु कोषाध्यक्ष गीता पौडेल संयोजक्त्वमा गठित समितिको उपसंयोजकमा उर्मीला चौधरी र सदस्यहरुहरुमा सृजना पौडेल,विजय गौतम ,उषा उपाध्याय,सुमित्रा थारु,सुनिता थारु,समीक्षा शाह र शान्ति थारु रहनु भएको छ ।
समिति गठन कार्यक्रममका बासगढी बहुमखी क्याम्पसका स्ववियु सभापति शंकर रानाभाट,प्रेस क्लबका अध्यक्ष यम घिमिरे,केन्द्रिय सदस्यहरु सुनिल थारु , रिता भाट,सुनिता डांगी लगायतको उपस्थिति थियो ।
स्थानीय विकासमा कृयाशील जनप्रतिनिधी,सरकारी तथा गैर सरकारी निकाय, संचारमाध्यम,सहकारी र निजी क्षेत्र निजी क्षेत्रले गरेका रचनात्मक कार्यहरुलाई संचार माध्यमद्धारा प्रकाशन एंव प्रसारण गरि विकासमा जनसहभागिता अभिबृद्धि गरि जनप्रतिनिधीहरुलाई विकास कार्यमा अझ बढि हौसला प्रदान गरिने पी सी एनका केन्द्रिय अध्यक्ष यम घिमिरेले बताए।
स्थानीय तहलाई जनताप्रति उत्तरदायी र जवाफदेही बनाउन, स्थानीय तहमा कृयाशील निकायकोे भूमिका र दायित्वलाई स्पष्ट पार्दै उनीहरुलाई पनि जवाफदेही एंव पारदर्शी बनाउन, स्थानीय तहबाट भए गरेका काम कारवाहीलाई संचारमाध्यमद्धारा प्रकाशन प्रसारण गर्न, विकासका कार्यहरुको अनुगमन र मूल्यांङ्कन गरी आवश्यक राय सल्लाह दिन समितिले संचारपैरवीका साथै साक्षात्कार ,अन्तरक्रिया एंव सचेतनाका कार्यक्रमहरु पनि संचालन गर्नेछ ।
स्थानीय विकास,सुशासन,प्रेस स्वतन्त्रता पर्यटन प्रर्वद्धन र प्रकृति संरक्षणमा कृयाशील संस्था प्रेस क्लब नेपाल (पी सी एन ) ले पत्रकार तथा प्रशिक्षार्थी पत्रकारहरुलाई एक सुत्रमा आबद्ध गर्दे समसामयिक तथा विकास सम्बन्धि कार्यलाई संचार माध्यमद्दारा प्रकाशन एंव प्रसारण गरि विगत १६बर्षदेखि स्थानीय विकासमा योगदान पुरयाईरहेको पी सी एनले पहिलो चरणमा प्रदेश नम्बर ५ र ७ का सबै स्थानीय तहमा समिति गठन गर्ने जनाएको छ ।
प्रेस क्लब अफ नेपालले समाज विकासमा योगदान पुरयाउने संचारकर्मी,नागरिक अगुवा,जनप्रतिनिधी,राष्ट्रसेवक कर्मचारी ,उधोगी व्यवसायीलाई सम्मान गरि उनीहरुको हौसला बढाउने कार्य पनि गर्दे आईरहेको छ ।
Comments
Post a Comment