बर्दियाको १ तहमा कंगे्रस बिजयी २ तहमा कांग्रेस, ३ तहमा एमाले र २तहमा माओावदीको अग्रता

पी सी एन्बर्दिया,१८ असार । बर्र्दियाका जम्मा आठ स्थानीय तह मध्ये गन्न बाकी सात स्थानीय तहमा बर्दियाको १ गाउ पालिका र दुई नगरपालिकामा एमालेले ,१ गाउपालिका र १ नगरपालिकामा नेपाली कंग्रसले र ३ नगरपालिकामा माओावादी केन्द्रले अग्रता लिएको छ ।बार बर्दिया,मधुवन नगरपालिकामा माओवादीले,राजापुर नगरपालिका र गेरुवा गाउपालिकामा कंग्रेसले तथा बांसगढी ,ठाकुरबाबा नगरपालिका  र बढैयाताल गाउपालिकामा एमालेले अग्रता लिएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिनुभयो ।बर्दियाका जेठोे गुलरिया नगरपालिकामा नेपाली कांग्रेसका मुक्तीनाथ यादव र उपमेयरमा कंग्रेसकै सुशीला गिरी एमाले उम्मेदवारलाई पछि पार्दे शनिवारै प्रमुख तथा उपप्रमुखमा निर्वाचित भएका छन् ।पछिल्लो मत परिणाम अनुसार बढैया ताल गांपालिकामा शुरुदेखि नै ने क पा एमालेले अग्रता लिएको छ । सो गाउ पालिकाको अध्यक्ष पदका उम्मेदवार लालबहादुर श्रेष्ठले ३५२४ र उपमेयरकी उम्मेदवार दीपा गौतमले ३८६१मत प्राप्त गरेकी छिन्।एमाले उम्मेदवारको प्रतिस्पर्धामा रहेका नोपली कंग्रेसका अध्यक्ष उम्मेदवार मानबहादुर बुढाले हालसम्म २१४३ र उपाध्यक्षमा माओवादी केन्द्रकी राधा आर्चायले  १६२९ मत प्राप्त गरेकी छिन्।माओावादी केन्द्रका अध्यक्ष उम्मेदवारले १५६१ र कंग्रेसकी उपाध्यक्ष पदकी उम्मेदवार भगनदैया थारुले १५२२मत प्राप्त गरेकी छिन् ।गेरुवा गांउपालिकाको अध्यक्ष पदमा कंग्रेसले र उपाध्यक्षमा माओवादी केन्द्रले अग्रता लिएको छ।अध्यक्षमा कांग्रेसका जवानसिंह के सीले ५०९३ र उपाध्यक्षमा हिमा  थारुले४६८२ मत ल्याई अग्रता लिएको निर्वाचन अधिकृत देवराज भारतीले जानकारी दिनुभयो ।अध्यक्षको प्रतिस्पर्धामा रहेका माओवादीका विश्व थारुले ४०६५ र उपाध्यक्षमा  माओावादीकी लिला थारुले ४२०४ मत प्राप्त गरकी छिन्।

Comments