पी सी एन
बाके,१९ साउन । बाकेको बैजनाथ गाउपालिकामा गाउस्तरीय सुशासन , प्रेस तथा विकास समिति गठन गरिएको छ ।
युवाबिद्यार्थी बिनिता बि सीको संयोजकत्व र मनिषा बि सीको उपसंयोजकत्वमा सो समिति गठन गरिएको हो ।
समितिको सदस्यहरुमा सुशीला के सी , सुशीला बि सी ,सुशीला शुढाक्षेत्री र हरि थापा चयन हुनु भएको पी सी एनले जनाएको छ ।
स्थानीय विकासका गतिविधिलाइ स्थानीय संचार माध्यमद्दारा प्रकाशन,प्रसारण र प्रचारप्रसार गरि सुशासन प्रर्वद्धनमा जोड दिदै आएको प्रेस क्लब अफ नेपाल (पी सी एन)ले प्रदेश नम्बर ५ र ७ मा सुशासन ,प्रेस र विकास समिति गठन गर्ने कार्यक्रम अन्र्तगत बांकेको बैजनाथ गाउपालिकामा पनि गाउपालिका स्तरीय सुशासन,प्रेस तथा विकास समिति गठन गरिएको पी सी एनका अध्यक्ष यम घिमिरेले बताउनु भयो ।
स्थानीय तहलाई जनताप्रति उत्तरदायी र जवाफदेही बनाउन, स्थानीय तहमा कृयाशील निकायकोे भूमिका र दायित्वलाई स्पष्ट पार्दै उनीहरुलाई पनि जवाफदेही एंव पारदर्शी बनाउन, स्थानीय तहबाट भए गरेका काम कारवाहीलाई संचारमाध्यमद्धारा प्रकाशन प्रसारण गर्न, विकासका कार्यहरुको अनुगमन र मूल्यांङ्कन गरी आवश्यक राय सल्लाह दिन समितिले संचारपैरवीका साथै साक्षात्कार ,अन्तरक्रिया एंव सचेतनाका कार्यक्रमहरु पनि संचालन गर्नेछ ।
स्थानीय विकासमा कृयाशील जनप्रतिनिधी,सरकारी तथा गैर सरकारी निकाय, संचारमाध्यम,सहकारी र निजी क्षेत्र निजी क्षेत्रले गरेका रचनात्मक कार्यहरुलाई संचार माध्यमद्धारा प्रकाशन एंव प्रसारण गरि विकासमा जनसहभागिता अभिबृद्धि गरि जनप्रतिनिधीहरुलाई विकास कार्यमा अझ बढि हौसला प्रदान गरिने पी सी एन अध्यक्ष घिमिरेले बताउनु भयो ।
स्थानीय विकास,सुशासन,प्रेस स्वतन्त्रता, पर्यटन प्रर्वद्धन र प्रकृति संरक्षणमा कृयाशील संस्था प्रेस क्लब नेपाल (पी सी एन ) ले पत्रकार तथा प्रशिक्षार्थी पत्रकारहरुलाई एक सुत्रमा आबद्ध गर्दे समसामयिक तथा विकास सम्बन्धि कार्यलाई संचार माध्यमद्दारा प्रकाशन एंव प्रसारण गरि विगत १६बर्षदेखि स्थानीय विकासमा योगदान पुरयाईरहेको छ । क्लबले समाज विकासमा योगदान पुरयाउने संचारकर्मी,नागरिक अगुवा,जनप्रतिनिधी,राष्ट्रसेवक कर्मचारी ,उधोगी व्यवसायीलाई सम्मान गरि उनीहरुको हौसला बढाउने कार्य पनि गर्दे आईरहेको छ ।
Comments
Post a Comment