उद्धार र खाधान्न बितरण प्रभावकारी बनाउन पशुपंक्षी विकास मन्त्री सन्तकुमार थारुको निर्देशन

पी सी एन
बर्दिया,३० साउन । बाढी पीडितको अवस्था बुझन आईतवार गुलरिया आईपुग्नु भएका पशु पंक्षी विकास मन्त्री तथा बर्दिया क्षेत्र नं ३का सांसद सन्तकुमार थारुले बाढी पीडितको उद्धारलाई पहिलो र खाधान्न बितरणलाई दोस्रो र तथ्यांक संकलनलाई तेस्रो प्राथमिकतामा राखि काम गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको बताउनु भएको छ ।
गुलरियामा सोमवार बिहान पी सी एन लगयात स्थानीय संचारमाध्यमहरुसंग कुरा गर्दे मन्त्री थारुले बाढीका कारण संकटमा फसेकाहरुलाई उद्धार र उद्धार गरिएकाहरुलाई खाधान्न व्यवस्था एंव बितरण गरिने बताउनु भयो ।
मन्त्री थारुले विगतमा राहत तथा खाधान्न बितरणमा ढिलासुस्ती र अनियमितता भएको बुझिएकोले यसपालि स्थानीय तहका जनप्रतिनिधीको नेतृत्व र संलग्नतामा नै खाधान्न तथा राहत सामाग्री बितरण गर्न स्थानीय प्रशासन र सरोकारवालालाई निर्देशन दिएको बताउनु भयो । जनप्रतिनिधिहरुको संयन्त्र बनाएर जनप्रतिनिधिकै नेतृत्वमा खाधान्न बितरण गर्नेछौ ः उहाको भनाई थियो ।
 पत्रकार सम्मेलनमा पशु पक्षंी विकास मन्त्री थारुले बाढीका कारण पशु पंक्षी गुमाएकाहरुको तथ्यांक संकलन गरि छिट्टै नै उचित राहत बितरण गर्न आफुले सचिवलाई निर्देशन दिएको बताउदै यर्थाथ र तथ्यपरक तथ्यांक संकलन नगरि गलत तथ्यांक संकलन गर्ने कर्मचारीहरुलाई सरकारले कारवाही समेत गर्ने चेतावनी दिनुभयो ।
गृहमन्त्री जर्नादन शर्मा , आफु र सांसद मानबहादुर थारु सहितको टोलीले आईतवार बाढि प्रभावित क्षेत्रहरुको हवाई निरीक्षण गरि आईतवार दिउसो गुलरिया आईपुग्नु भएका मन्त्री थारुले आईतवार नै जिल्ला प्रकोप व्यवस्थापन समितिको बैठकमा सामेल भई उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।
पशु पंक्षी विकास मन्त्री थारु खाधान्न तथा राहत सामाग्री लिएर आज सोमवार बारबर्दिया जाने कार्यक्रम  रहेको छ ।
मन्त्री थारुका अनुसार नेपाली सेनाको हेलिकप्टरले बर्दियाका बिभिन्न स्थानबाट ३सय ७५जनाको उद्धार गर्नुका साथै बिभिन्न स्थानमा खाधान्न सामाग्री समेत बितरण गरिएको छ ।


Comments