चेपांगमा बबई नदी घटदै, भादामा भने बढ्दै ,सर्तक रहन सुझाव

पी सी एन

बर्दिया ,२८ साउन । शुक्रबारदेखिको अविरल वर्षाका कारण देशका धेरैजसो नदीजलाधार क्षेत्रमा पानीको सतहले खतराको तह पार गरेको छ । बबई नदीका विभिन्न जलाधारक्षेत्रमा पानीको सतहले खतराको तह पार गरेकाले नदी किनाराका गांउ बस्तीहरु डुवानमा पर्ने जोखिम देखिएको छ । 
बर्दियाको मानखोलामा आएको बाढीले बाँसगढी ८ वनगौडीका १७ घर विस्थापित भएका छन् । सोही वडाको ककौरामा १५ र भैंसासुरमा ४ घर डुबानमा परेको नेपाल रेडक्रस सोसाइटी बर्दियाका सभापति कृष्णप्रसाद गौतमले जानकारी गराए ।
बबई नदीको चेपांगमा  पानीको सतहले खतराको तह पार गरेको छ । जल तथा मौसम बिभागको बिहान १२ बजेको रेकर्ड अनुसार बबई नदीको चेपांगमा पानीको तह घट्दो छ भने भादामा बढ्दो छ । चेपागंमा पानीको सतह ७ दशमलव ५९मीटर पुगेको छ । यो बिहानको रकर्ड भन्दा थोरै बढि हो । त्यहा ६दशमलव १०मीटरलाई खतराको तह मानिन्छ । 
भादामा पानीको तहले सर्तकर्ताको तह पार गर्दे खतराको तह नजिक पुगीरहेका छ ।  भादामा पानीको सतह ७ दशमलव ६३मीटर पुगेको छ । भादामा पानीको तह ८ मीटर पुगेमा खतरा मानिन्छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले अझै पानी पर्ने र नदी जलाधारक्षेत्रमा पानीको सतह बढ्ने भएकाले सतर्क रहन सबैलाई सचेत गराएको छ । जिल्ला आपतकालीन सञ्चालन सूचना अधिकृत रुपन ज्ञवालीका अनुसार दाङमा भारी वर्षा भएकोले कुनै पनि बेला बर्दीयामा बाढीको उच्च जोखिम रहेको छ । 
स्थानीय प्रशासन तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित क्षेत्रमा रहन आग्रह गरेको छ । सेना, प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली तटीय क्षेत्रमा खटाइएको छ ।
स्मरण रहोस् २०७१ साल साउन २८ गते आजकै दिन आएको भीषण बाढीले बर्दियामा ३२ जनाले ज्यान गुमाएका थिए भने  ९० हजार बासिन्दा प्रभावित भएका थिए झन्डै ३ अर्बको भौतिक क्षति समेत भएको थियो । 


Comments