बर्दियामा बाढीपीडितको दु्रत तथ्यांक संकलन शुरु , १५ हजार क्वीन्टल सुख्खा खानेकुरा पनि बाडियो

पी सी एन्
बर्दिया, ३० साउन । बाढिबाट बिस्थापित भएकाहरुलाई उद्धार,खाधान्न बितरण र तथ्यांक संकलन कार्य संगसगै लगिएको छ । 
प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाको अध्यक्षता तथा पशुपंक्षी विकास मन्त्री सन्तकुमार थारुको विशेष उपस्थितिमा आईतवार जिल्ला प्रशासन कार्यालय गुलरियामा बसेको जिल्ला दैविक प्रकोप उद्धार समितिको निर्णय बमोजिम तीनवटै कार्य संगसगै  लगिएको हो । 
जिल्ला दैवि प्रकोप उद्धार समितिको निर्णय बमोजिम जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले सोमवारबाट बाढी प्रभावितहरुको दु्रत लेखाजोखा फारम भर्न शुरु गरेको छ ।
स्थानीय तह,रेडक्रस र प्रहरीसंग समन्वय गरि केन्द्रले जिल्लाका आठवटै तहमा ्द्रुत लेखाजोखा फारम भर्न शुरु गरेको केन्द्रका सुचना अधिकृत रुपन ज्ञवालीले बताउनु भयो । सो तथ्यांकलाइ जिल्ला प्रशासन कार्यालय अन्र्तगतको सुचना समन्वय शाखाले प्रशोधन गरि जिल्ला दैवि प्रकोप उद्धार समितिमा पेश गर्नेछ ।
बाढीबाट विस्थापित भई आश्रय लिएका बिभिन्न ४० स्थानका प्रभावितहरुलाई जिल्ला दैवि प्रकोप उद्धार समिति र अन्य संघ संस्थाहरुबाट प्राप्त चिउरा,भुजा र दालमोठ लगायत १५ क्वीन्टल सुख्खा खाना बितरण गरिएको छ । बितरण गरिएका सुख्खा खानेकुरा मध्ये ३हजार क्वीन्टल खानेकुरा पशुपंक्षी विकास मन्त्री सन्तकुमार थारुले आफनै हातबाट बितरण गर्नुभएको छ ।
स्थानीय तहले उपलब्ध खाधान्न सामाग्री जिल्लाका ४० ठाउका बाढी प्रभावितहरुलाई बितरण गरिएको सुचना अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।
शुक्रबारदेखिको अविरल वर्षाले बबई तथा मान नदी,ओराई खोला लगायतमा आएको बाढीबाट जिल्लामा हालसम्म ३जनाको ज्यान गएको छ भने एक जना बेपतmा छन् भने ४जना घाईते भएका छन्।
बाढीका कारण बर्दियामा आठवटै स्थानीय तहका ७४हजार जनता प्रभावित भएका छन्। प्रभावित मध्ये ४हजार ३सय ८८ घरपरिवारका २४ हजार ७सय ३४जनता विस्थापित भई आफन्त,सामुदायिक भवन र बिद्यालयमा आश्रय लिईरहेका छन् । 
बाढीका कारण १३हजार ३सय ६२ घरधुरीका ७४हजार ३सय २७ जनसंख्या प्रभावित बनेकोमा  आइतबार सांझसम्मको तथ्यांकअनुसार २ हजार १सय ७३ घरमा पुर्ण र ८हजार ९सय ६२ घरमा आंशीक क्षति पुगेको छ । बा९का कारण सडक ,पुल,कल्भर्ट, नहरहरु तथा बांध समेत भत्किएका छन्। बाढीले हजारौ पशु चौपाया समेत बगेका छन् । 


Comments