पी सी एन
भादामा पानीको तहले सर्तकर्ताको तह पार गर्दे खतराको तह नजिक पुगीरहेको छ । मध्यान्ह १२ बजे भादामा पानीको सतह ७ दशमलव ६३मीटर थियो अहिले ७दशमलव ९० पुगेको छ । भादामा पानीको तह ८ मीटर पुगेमा खतरा मानिन्छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले अझै पानी पर्ने र नदी जलाधारक्षेत्रमा पानीको सतह बढ्ने भएकाले सतर्क रहन सबैलाई सचेत गराएको छ । जिल्ला आपतकालीन सञ्चालन सूचना अधिकृत रुपन ज्ञवालीका अनुसार दाङमा भारी वर्षा भएकोले कुनै पनि बेला बर्दीयामा बाढीको उच्च जोखिम रहेको छ ।
स्थानीय प्रशासन तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित क्षेत्रमा रहन आग्रह गरेको छ । सेना, प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली तटीय क्षेत्रमा खटाइएको छ ।
स्मरण रहोस् २०७१ साल साउन ३० गते आएको बाढीले बर्दियामा ३२ जनाको ज्यान जानुका साथै ९० हजार बासिन्दा प्रभावित भएका थिए भने झन्डै ३ अर्बको भौतिक संरचनाहरुमा क्षति पुगेको थियो ।
बर्दिया ,२८साउन । बबई नदीको चेपांगमा पानीले खतराको तह पार गरेपनि पानीको सतह भने घटदो छ । आज बिहान १२ बजे सतह ७ दशमलव ५९मीटर रहेको पानीको तह आज दिउसो ३ बजेको मापनमा घटेर ७ दशमलव ४९ मिटर पुगेको छ । त्यहा ६दशमलव १०मीटरलाई खतराको तह मानिन्छ ।
Comments
Post a Comment