कालिका पुस्तकालयद्वारा जनप्रतिनिधि ,प्रेस अध्यक्ष घिमिरे लगायतलाई सम्मान

सिद्धान्त थारु पी सी एन
बर्दिया,२ भदौ । कालिका सामुदायिक पुस्तकालयले बढैयाताल गाउपालिकाका नव निर्वाचित जनप्रतिनिधि ,संचारकर्मी,शिक्षक ,कर्मचारी तथा खेल प्रशिक्षकलाई शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरेको छ ।
१८औं अन्तर्राष्ट्रिय युवा दिवसको सप्ताहव्यापी कार्यक्रमको समापनमा अवसरमा कालिकाको स्याउलीबजारमा आयोजित कार्यक्रममा बढैयाताल गाउपालिकाका नव निर्वाचित अध्यक्ष लालबहादुर श्रेष्ठ , उपाध्यक्ष दीपा गौतम,वडा नं ८का वडा अध्यक्ष सुन्दरमान श्रेष्ठ,वडा नं ९का वडा अध्यक्ष कान्छु थारुलाई स्वागत तथा सम्मान गरिएको हो ।
सोही कार्यक्र्ममा युवाहरुको हक र अधिकार प्रर्वद्धनमा विशेष योगदान पुरयाएकोमा प्रेस क्लब अफ नेपालका अध्यक्ष यम घिमिरे,फुटबल संघका जिल्ला अध्यक्ष अजीतराज राजभण्डारी,बिद्याज्योति माविका प्रधानाध्यापक भक्तिसागर रेग्मी,जिल्ला युवा समितिको कार्यालय प्रमुख नीलकण्ठ रेग्मीलाई सम्मान गरिएको हो ।

कालिका सामुदायिक पुस्तकालयका तर्फबाट व्यवस्थापन समितिका अध्यक्ष डिल्लीप्रसाद गौतम,सल्लाहकाहरुद्वय  टुकराज घिमिरे तथा गोपी पराजुलीले खाता ओढाएर सम्मान गर्नुभएको हो । 


कार्यक्रममा प्रमुख अथितिको आसनबाट बोल्दै बढैयाताल गाउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले कालिका सामुदायिक पुस्तकालयलाई बढैयाताल गाउपालिकाको केन्द्रिय नमुना पुस्तकालयको रुपमा विकास गर्न गाउपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
आधुनिक प्रविधिको माध्यमबाट सबै बिषयवस्तुमा जानकारी दिलाई युवा तथा बालबालिकाको बौद्धिक विकास गराउदै आएको कालिका सामुदायिक पुस्तकालयस्थानीय राजनैतिक दल,रिड नेपाल,रेष्टलेस डेभलप्मेण्ट लगायतको अगुवाईमा २०७१ सालमा स्थापना भएको हो । 

Comments