पी सी एन
बर्दिया,४भदौ । आफनो कार्यालय परिसरभित्र वातावरण मैत्री फुलबारी तयार गरि कार्यालयलाई हराभरा र सजाउने कार्यलाई निरन्तरता दिन अगुवाई गर्नुहुने प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापालाई बर्दियामा आईतवार एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।
प्रकृति मानव केन्द्रित जन अभियान नेपालको बर्दिया जिल्ला युनिटले प्रजिअ थापालाई सम्मान गरेको हो। गुलरिया नगरपालिकाका नव निर्वाचित मेयर मुक्तिनाथ यादवले जिल्लास्थित कार्यालय प्रमुखहरुको बैठकमा प्रजिअ थापालाई खादा ओढाई र प्रमाण पत्र प्रदान गरि सम्मान गर्नु भएको हो ।
तत्कालिन प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुवरले जिल्ला प्रशासन कार्यालय भित्र वातावरण मैत्री फुलवारी तैयार पारेको सो कार्यलाई हालका प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले निरन्तरता दिएकोले सम्मान गरिएको आयोजकले जनाएको छ ।
प्रकृति मानव केन्द्रित जन अभियान नेपालका जिल्ला अध्यक्ष मेघनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुलरिया नगरपालिकाका नवनिर्वाचित मेयर मुक्तिनाथ यादव, अभियानका उपाध्यक्ष अयोध्याप्रसाद श्रीवास्तव,सचिव बिष्णुप्रसाद तिमल्सिना र सदस्य दयाराम खडकाले सुन्दरता र हरियाली प्रर्वद्धनमा प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुले खेलेको भुमिकाको प्रशंसा गर्दे जिल्ला प्रशासन कार्यालय परिसरभित्र रहेको बगैचा,हरियाली र सरसफाईलाई जिल्लाका सबै ब्यतिm,संघसंस्था र कार्यालयहरुले नमुना र प्रेरणा को रुपमा लिनुपर्ने बताउनु भयो ।
Comments
Post a Comment