Skip to main content
बर्दियामा प्रथमपटक ‘फुट सल’ प्रतियोगिता सम्पन्न
पी सी एन
बर्दिया २ भदौ । बर्दियाको बढैया ताल गाउपालिकाको स्याउली बजारमा प्रथमपटक युवा बिद्यार्थी स्तरीय ‘फुट सल’ प्रतियोगिता सम्पन्न भएको छ ।
१८औं अन्र्तराष्ट्रिय युवा दिवसको अवसर पारेर अगष्ट १२ अर्थात साउन २८ गते शनिवार देखि संचालन भएको प्रतियोगिता शुक्रवार सम्पन्न भएको हो । प्रतियोगितामा महिला तर्फ सपना थारु नेतृत्वको कालिकाको टिम प्रथम भएको छ भने युमना बुढाक्षेत्री नेतृत्वको पदनाहाको कुसुम्बादेवि युवा स्र्पोट क्लब दोस्रो भएको छ ।
यस्तै पुरुष तर्फ प्रतियोगितामा रामजी थारुको नेतृत्वमा कालिकाको ए टिम प्रथम र राजेशकुमार थारुको नेतृत्वमा बासगढी स्र्पोट टिमले दोस्रो स्थान हासिल गरेको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष डिल्लीप्रसाद गौतम,सल्लाहकार टुकराज घिमिरे र सदस्य थान कुमारी तिवारीले नगद रु ३हजार र प्रमाण पत्र तथा दोस्रो हुने टिमलाई नगद रु २हजार र प्रमाण पत्र बितरण गर्नुभएको छ।
कालिका सामुदायिक पुस्तकालय ,प्लान ईण्टरनेशनल, रेस्टलेस डेभलप्मेण्ट,डान्स फर लाईफका सहयोगमा युवा नेतृत्व उपसमिति,युवा सामुदायिक उत्थान मञ्च,मयुर युवा क्लबको आयोजनाकालिका सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा सम्पन्न सो प्रतियोगितामा ६वटा टिमले भाग लिएको कालिका पुस्तकालयका कार्यक्रम संयोजक बिजय सुनारले बताउनु भयो ।
कार्यक्रममा प्रतियोगिता सञ्चालनमा योगदान पुरयाउनु हुने रेफ्रीहरु विवेश गुरुंग,शैलेन्द्र मल्ल,राजेन्द्र कार्कीलाई पनि प्रमाण पत्र प्रदान गरिएको थियो।
कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष डिल्लीप्रसाद गौतमको अध्यक्षता र बढैया ताल गाउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न १८औ अन्तर्राष्ट्रिय युवा दिवसको सप्ताहब्यापी कार्यक्रम अन्र्तगत आयोजित समापन कार्यक्रममा बढैया ताल गाउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ,बिद्याज्योति माविका प्रधानाध्यापक भक्तीसागर रेग्मी,जिल्ला युवा समितिका प्रमुख नीलकण्ठ रेग्मी,कालिका सामुदायिक पुस्ताकालयका सल्लाहकार टुकराज घिमिरे,सदस्यहरु थान कुमारी तिवारी ,सुशील चौधरी लगायतले बोल्नु भएको थियो। कार्यक्रमका वक्ताहरुले युवाहरुलाई राज्यका हरेक तह र तप्कामा अग्रजहरुले अवसर दिई उनीहरुको सकारात्मक सोच र जोशजांगरलाई राष्ट्रनिर्माणमा लगाउनु पर्ने बताउनु भएको थियो ।
समापन कार्यक्रममा युवा बिद्यार्थी अञ्जली थारु,सम्झना कोइरालाले नृत्य समेत प्रस्तुत गर्नुभएको थियो।
Comments
Post a Comment