पत्रकार महासंघमा पदाधिकारीसहित अधिकांश प्यानल प्रेस युनियन र प्रेस सेण्टरको सयुक्त प्यानलले जित्यो


पी सी एन्
काठमाडौं,६ भदौ । काठमाडौंमा भएको २५ औं महाधिवेशनमा तीर्थ कोईरालाको प्रेस चौतारी र सानादलको संयुक्त प्यानललाई १ सय ५ मतले पराजित गर्दै यस अघि महासंघको उपाध्यक्ष रहेका  गोविन्द आचार्य प्रेस युनियन र प्रेस सेण्टरको संयुक्त प्यानलबाट नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्वाचित भएका छन् । 
आचार्यले ७३२ र कोइरालाले ६२७ मत पाए । अध्यक्षका अर्का उम्मेदवार उजीर मगरले ५४, ईन्द्रबहादुर राउतले २० र भावना विद्रोहीले ६ मत पाइन् ।
उपाध्यक्ष खुल्लामा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट, सचिवमा रामप्रसाद दाहाल, महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाति सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एसोसिएसट सचिवमा प्रकाश थापा, कोषाध्यक्षमा राजेश मिश्र र लेखा समिति संयोजकमा रोशन पुरी निर्वा्चित भएका छन् ।
खुला केन्द्रीय सदस्यमा जन्मदेव जैसी, हरिहरसिंह राठौर, नकुल अर्याल, लक्ष्मण कार्की र टेकराज शाही निर्वा्चित भए ।
महिला केन्द्रीय सदस्यमा सृजना अर्याल, जानुका बराल र श्वेता सिन्हा, दलित केन्द्रीय सदस्यमा गोपाल बराइली र मधु शाही, जनजाति केन्द्रीय सदस्यमा टेकराज थामी र राजेश चाम्लिङ राई, मधेसी केन्द्रीय सदस्यमा अवधेशकुमार झा, सुरेशकुमार यादव, अल्पसंख्यक केन्द्रीय सदस्यमा छेटु शेर्पा, अपांगता भएका केन्द्रीय सदस्यमा माधव चम्लागाईं निर्वाचित भए ।
प्रदेश केन्द्रीय सदस्यमा १ बाट सटेन्द्र जबेगु र उद्धव तिम्सिना, २ बाट देवकुमार यादव, शैलेन्द्र झा, ३ बाट द्वारिका काफ्ले र कृष्ण गिरी, ४ बाट रामकृष्ण ज्ञवाली र नविनराज कुइँकेल, ५ बाट पुरुषोत्तम सुवेदी र वसन्त गिरी, ६ बाट पूर्णप्रसाद चौलागाईं र कलेन्द्र सेजुवाल, ७ बाट मीन बम निर्वा्चित भए । ७ नम्बर प्रदेशका उत्तरसिंह विष्ट र श्यामदत्त भट्टले बराबर ४५र४५ मत पाए ।
उपत्यका केन्द्रीय सदस्यमा लेखनाथ न्यौपाने र गोविन्दप्रसाद चौलागाईं, एसोसिएट केन्द्रीय सदस्यमा पवन आचार्य, प्रतिष्ठान केन्द्रीय सदस्यमा यम विरही र टिकाराम प्रधान निर्वाचित भए । लेखा समिति सदस्यहरुमा भूपेन्द्र आचार्य र मिरा राजभण्डारी निर्वा्चित भए ।

Comments