पी सी एन
बर्दिया, ९ भदौ । बर्दिया जिल्ला समन्वय समितिको संयोजकमा माओवादी र एमाले गठबन्धनका उम्मेदवारहरु बिजयी बनेका छन् । बिजयीहरुलाई बर्दियाका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ ।
जिल्ला समन्वय समितिको प्रमुखमा १२मत ल्याई बढैयाताल गाउपालिका वडा नं ६का माओवादी केन्द्रका ४१ बर्षीय शंकरप्रसाद थारु विजयी हुनु भएको छ । उंहाका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेका गुलरिया ६का ३६ बर्षीय सुधांशुप्रकाश शर्माले ४मत प्राप्त गर्नुभएको छ ।
उपप्रमुखमा एमालेका बारबर्दिया नगरपालिकाका वडा नम्बर ९का ६० बर्षीय मानबहादुर बिष्ट बिजयी हुनु भएको छ । उहाका निकटतम प्रतिद्धन्दीमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार राजापुर ९का ४२ बर्षीय रविन्द्र मल्लले ४ मत प्राप्त गर्नुभएको छ ।
जिल्ला समन्वय समितिमा ९ पद मध्ये माओवादीले प्रमुख सहित ५पदमा र एमालेले उपप्रमुख सहित ४ पदमा बिजयी हासिल गरेको छ ।
सदस्यहरुमा नेकपा एमालेबाट गुलरिया १का रामसुमेरन यादव, माओवादीबाट गुलरिया ९का सुर्यबहादुर सुनार र बासगढी ४का काशीराम अधिकारी बिजयी हुनु भएको छ । महिला सदस्यमा एमालेबाट ठाकुरबाबा ५की शान्ति चौधरी तथा माओवादीबाट राजापुर ५की शान्ति चौधरी र बार बर्दिया ५की कल्पना चौधरी बिजयी हुनु भएको छ ।
दलित वा अल्पसंख्यक सदस्यमा बढैयाताल १ बस्ने एमालेका धनबहादुर सुनार बिजयी हुनु भएको छ ।
९ सदस्यीय जिल्ला समन्वय समिति एक प्रमुख, एक उपप्रमुख ,तीन महिला सदस्य ,तीन खुला सदस्य र एक दलित वा अल्पसंख्यक सदस्य रहने संवैधानिक प्रावधान छ ।
गाउँपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखलाई मात्र भोटिङ अधिकार रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा जनाले मतदान गरेका थिए । जिल्लामा ३ तह जितेको एमालेको ५ जना, ३ तह जितेको माओवादी केन्द्रको ७ जना र २ तह जितेको नेपाली कांग्रेसको ४ जना मतदाता रहेका थिए।
जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकाहरुको प्रस्तावकमा गुलरिया नगपालिकाको मेयर मुक्तीनाथ यादव र सर्मथकमा उपमेयर सुशीला गिरी र एमालेका तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरुको प्रस्तावकमा लालबहादुर श्रेष्ठ र समर्थकमा शालिकराम अधिकारी तथा माओवादी केन्द्रका उम्मेदवारहरुको प्रस्तावकमा दुर्गाबहादुर थारु समर्थकमा अञ्जु दहित रहनु भएको थियो ।
साउन २९गते तोकिएको निर्वाचन बाढीका कारण शुक्रबार भदौ ९गते सम्पन्न भएको छ ।
Comments
Post a Comment